कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली महिलामाथिको हिंसा र बलात्कारबिरुद्ध पेरिसमा प्रदर्शन

काठमाडौँ — कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया वालिका निर्मला पन्त लगायतका महिलामाथि भएको हिंसा, बलात्कार र हत्याकाबिरुद्ध पेरिसका नेपालीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

नेपाली महिलामाथिको हिंसा र बलात्कारबिरुद्ध पेरिसमा प्रदर्शन

पेरिसको स्तालिनग्राद पार्कमा बिभिन्न सामाजिक संस्थाका प्रतिनिधी, महिला र सर्वसाधारण नेपालीहरु जम्मा भएर सांकेतिक रुपमा कालो पहिरनमा यो घटनाका बिरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले पीडित महिलाको स्मरणमा दीप प्रज्ज्वलनसमेत गरेका छन् ।


घटना भएको दुई महिना हुँदा पनि वास्तविक अपराधीहरु पक्राउ गर्न नसक्नु सुरक्षाकर्मीहरु असफल र सरकारको नालायकी भएको बिरोधकर्ताहरुले जनाएका छन् । प्रदर्शनकारीले महिला बिरुद्धकाे हिंसा र बलात्कार तुरुन्त रोक, अपराधीहरुलाई अभिलम्ब कारवाही गर, निर्मलाका निम्ति न्याय, बलात्कारबिरुद्ध जाग जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।


हिंसा बलात्कारबाट जीवन गुमाएका निर्मला पन्त, माया बिक लगायतका महिलाहरुको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियो । सहभागीहरुले महिला माथिको हत्या, हिंसा र बलात्कारका बिरुद्द कथा, कविता सुनाएका थिए ।


फ्रान्समा सुरक्षाकर्मीहरु दोषी ठहर भए अन्य अपराधीभन्दा तीन गुणा बढी कारवाही गरिन्छ । नेपालमा निलम्बन गरेर छाड्दा पीडितहरुमाथि उचित न्याय हुन नसकेको हो । नेपालको पनि कानुनमा नियम र कानुन पालना गर्नुपर्नेबाट अन्याय भएमा कडा कारवाही गर्ने कानुन बनाउनु जरुरी रहेकाे उनीहरुले बताए ।


बिक र पन्तको समान खालकाे घटनामा प्रहरीको शंकास्पद भूमिका देखिँदा प्रहरीतिरै औला फर्किएको, घटना रहस्यमयी बनेको र एकै ठाउँमा भएका घटनामा क्षतिपूर्तीमा समेत ठूलो अन्तर आएको भन्दै पेरिसका कविन्द्र कायस्थले यसको बिरोध हुनुपर्ने बताए ।

प्रकाशित : आश्विन ८, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?