कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेल पुत्रको युवा जागरण अभियान लन्डनमा  

कान्तिपुर संवाददाता

लण्डन — युवा जागरण अभियान नेपालले बेलायतका नेपालीलाई आफ्नो अभियानबारे अवगत गराउन लन्डनमा एक कार्यक्रम गरेको छ । नेपालमा पछिल्लोपटक देशव्यापी अभिमुखीकरण कार्यक्रम गरिरहेको अभियानले गत आइतबार लन्डनमा च्यारिटी कार्यक्रम गरी अभियानबारे जानकारी गराएको हाे । 

पौडेल पुत्रको युवा जागरण अभियान लन्डनमा  

अभियान संयोजक तथा कांग्रेस नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेलले नेपालको अार्थिक समृद्धि र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ अभियानले देशभर विभिन्न नीतिगत अन्तर्क्रिया, संवाद, बहस र छलफललगायत अभिमुखीकरण कार्यक्रम गरिरहेको बताए ।


'कुनै पनि राष्ट्र निर्माण स्पष्ट नीति र कार्ययोजनासहितको ढाँचाबाट नै सम्भव छ तसर्थ अभियानले नेपालको आर्थिक, सामाजिक बिकास, शैक्षिक, स्वस्थ्य सेवा सम्बन्धि नीतिलगायत बिषयमा बहस चलाएर नीति कार्यपत्र तयार गर्दैछ', पौडेलले भने, 'अभियान विभिन्न सामाजिक बिकासका योजनामा हातेमालो गर्दै ग्रामीण भेगमा कृषि क्रान्ति र शैक्षिक बिकासका क्षेत्रमा अग्रसर भइ नेपालमा नै बसौं बसौं बनाउनेतर्फ सक्रिय छ ।'


सानो-सानो परिवर्तनबाट राष्ट्र निर्माण सम्भव छ भन्ने अभिप्रायले अभियान मेची-महाकाली जोड्ने लक्ष्यसहित अग्रसर रहेको पनि उनले जनाए । पौडेलको यो अभियानलाई कतिपयले आफ्नो बाबुको राजनीतिक विरासत लिने संकेतका रुपमा पनि हेरेका छन् ।


प्रकाशित : आश्विन २४, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?