कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेल्जियमको स्थानीय चुनावमा एक दर्जन नेपाली मूलका उम्मेदवार

कान्तिपुर संवाददाता

बेल्जियम (ब्रसेल्स) — बेल्जियममा अगामी अक्टोबर १४ तारिखमा हुन गइरहेको स्थानीय र प्रादेशिक निर्बाचनमा एक दर्जन नेपाली उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दैछन् । बेल्जियमका विभिन्न सहरहरूबाट चुनावी मैदानमा उत्रेका नेपालीहरूसंग नेपाल पत्रकार महासंघ युरोप शाखाले मंगलबार अन्तर्क्रिया गर्‍यो ।

बेल्जियमको स्थानीय चुनावमा एक दर्जन नेपाली मूलका उम्मेदवार

नेपालीहरुले सत्तासिन र प्रमुख प्रतिपक्षलगायत स्थापित राष्ट्रिय ६ वटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् । पत्रकारहरूले उनीहरुसंग उम्मेदवारी, एजेन्डा र भविष्यको योजनाबारे जिज्ञासा राखेका थिए ।


धेरै संख्यामा नेपाली उम्मेद्वार लुभेन सहरबाट रहेका छन् । त्यहाँ ५ राजनीतिक दलबाट पाँच उम्मेदवार छन् । लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएका सोसलिस्ट पार्टी एसपीआले सूर्य ढकाललाई उम्मेदवार बनाएको छ भने समाजबादी-कम्युनिष्ट पार्टीको रूपमा परिचित पिभिडीएले लोक रानामगरलाई उम्मेदवार खडा गरेको छ ।


सोही नगरपालिकामा अर्का राष्ट्रिय पार्टीहरू सीडीएंडभीले रश्मी निरौला र ग्रीन पार्टीले बलिराम झालाई उमेद्वार बनाएको छ । आप्रवासीप्रति कठोर र राष्ट्रबादको नारा दिने पार्टी एनभीआले कृष्ण क्षेत्रीलाई अगाडि सारेको छ । भ्लाम्स क्षेत्रमा पिभिडीए पार्टीले डिल्लीराम भण्डारीलाई प्रदेश संसदको लागि उम्मेदवार बनाएको छ ।


बेल्जियमको अर्को व्यापारिक शहर अन्त्वेर्पेनबाट प्रदेश सांसदका लागि लीला शर्मा मानन्धरलाई सीडिएंडभी पार्टीले उम्मेद्वार बनाएको छ । सोही पार्टीले अर्को विलरीक शहरबाट श्याम श्रेष्ठ, एसपीआले ओस्तंडेबाट शोभा लिम्बु र दिएसएबाट किसन केसी अन्त्वेर्पेन शहरको स्थानीय निकायमा उम्मेद्वार बनेका छन् ।


बेल्जियमको प्रमुख पर्यटकीय शहर मानिने ब्रुज़बाट एनभीआ पार्टीले कुशल श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । उनी सबैभन्दा कान्छा नेपाली मूलका उम्मेद्वारको रूपमा प्रतिष्पर्धा गर्दैछन् ।


बलिराम झा, लीला शर्मा मानन्धर, सूर्य ढकाल र कृष्ण क्षेत्री नेपालमा नेपाली कांग्रेससंग आबद्ध थिए । लोक रानामगर संघीय समाजबादी फोरमसंय सम्बद्ध व्यक्ति हुन् । डिल्लीराम भण्डारी नेकपा माओवादीको राजनीतिमा सक्रिय थिए । कुशल श्रेष्ठ विद्यार्थी हुन् । नेपाली कलाकारिता जगतमा श्याम श्रेष्ठ स्थापित नाम हो, रश्मी निरौला काठमाडौंको सेन्ट जेभियरबाट ब्याचलर्स हुन् ।


अन्तर्क्रिया महासंघ यूरोप अध्यक्ष केजिन राईको सभापतित्व र सल्लाहकार पञ्चम अधिकारीको संचालन संचालनमा भएको थियो । महासंघ केन्द्रीय संगठन समिति सदस्य ओम शर्मा, बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई सदस्यहरू बिरमान मगर, निलम घिमिरे सापकोटालगायत पत्रकार सहभागी थिए ।

प्रकाशित : आश्विन २५, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?