कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी शुरु

नारायण खड्का

अष्ट्रेलिया — प्रत्येक दुई बर्षमा नेपालको पर्यटन, कला संस्कृती र परम्पराको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने नेपाल महोत्सवको तयारी अष्ट्रेलियाको सबै शहरहरुमा शुरु भएको छ ।

अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी शुरु

‘एक देश कथा अनेक’ लोगो राखेर प्रवासी नेपालीहरुको संगठन एनआरएनएले आयोजना गर्ने महोत्सवको तयारी अष्ट्रेलियाका सबै शहरहरुमा शुरु भएको छ । महोत्सवले नेपालको पर्यटकीय क्षेत्र, कला संस्कृती, परम्परा र नेपालको बारेमा वास्तविक जानकारी दिने गरेको छ ।


आयोजक संस्था एनआरएनका महासचिव नारायण कोइरालाका अनुसार महोत्सवलाई नेपालमय बनाउने उद्देश्यका साथ यसवर्ष तयारी शुरु गरिएको हो । उनका अनुसार यसवर्षको नेपाल महोत्सव सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन, क्यानबेरालगायतका शहरहरुमा आयोजना हुनेछ ।

महोत्सवमा नेपालको परम्परागत, पर्यटकीय र साँस्कृतिक परिचय दिने उद्देश्यले नेपाल हाउसको स्थापना गरिनेछ भने अष्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिने उद्देश्यका साथ पर्यटन स्टलको समेत अलग ब्यवस्था गरिनेछ । आयोजकहरुले यसबर्ष न्युनतम २० प्रतिशत विदेशीहरुको सहभागिता हुने अपेक्षा राखेका छन् ।

‘हाम्रो मुख्य उद्देश्य नै नेपालको बारेमा जानकारी दिने र नेपाल घुम्नलाई प्रेरित गर्ने नै हो’ आयोजक एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले कान्तिपुरसँग भने । प्रत्येक राज्यहरुमा आयोजना गरिने नेपाल महोत्सव ब्रिसबनमा नोभेम्बर १७, सिड्नीमा नोभेम्बर २४, मेलबर्नमा डिसेम्बर १५ र एडिलेडमा अप्रिलको १४ तारिख आयोजना हुदैछ । यसवर्ष यहाँ रहेका विदेशीहरुलाई अष्ट्रेलियामा रहेका नेपालीहरुको ब्यवसायिक क्षेत्रहरुको बारेमा बिस्तृत जानकारी दिइनेछ भने उनीहरुलाई नेपाल घुम्नका लागि केही सहयोग र सल्लाह आवश्यक भए महोत्सव पछि पनि उक्त सेवा प्रदान गरिनेछ ।

महोत्सवमा नेपाली गीत संगीतको मनोरञ्जन दिने उद्देश्यले गायकहरु राजेश पायल राई, विश्व नेपाली, तृष्णा गुरुङलगायतका गायकगायिकाहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । यसका साथै नेपाली भेषभुषामा फेसन परेड, प्रत्येक शहरहरुमा नेपाली झण्डा र पोशाकसहित नेपाल परेड र नेपाली खानाहरुको समेत स्टल राखिनेछ । महोत्सवमा १ लाख बढीको सहभागिता हुने आयोजकले विश्वास लिएको छ ।


प्रकाशित : कार्तिक ९, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?