कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हलोविनमा रमाए नेपाली बालबालिका

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — सिड्नीको पेन्टहस्टमा बस्ने ५ वर्षकी आरुषी पोखरेल बुधबार भूतको लुगामा बिहानैदेखि सजिएर बसिन् । हेर्दै डर लाग्ने पोशाक,मेकअप लगाएर आफुले चिनेका छिमेकी र ठुलाबडाहरुकोमा गएर उनीहरुलाई तर्साउन उनी आफ्ना आधा दर्जन साथीहरु लिएर साँझभरी हिँडेकी थिईन् ।

हलोविनमा रमाए नेपाली बालबालिका

आरुषी मात्र नभएर अहिले अष्ट्रेलियामा रहेका अधिकांश नेपाली बालबालिकाहरु हलोविनलाई उत्साहका साथ मनाउने गर्छन् । सिडन्ी, मेलबर्न, एडिलेड, ब्रिसबन, क्यानबेरा लगायतका शहरहरुमा बस्ने नेपाली बालबालिकाहरु यस पर्वलाई नेपाली होलीकै रुपमा लिन्छन् ।


प्रत्येक वर्ष अक्टोबर ३१ तारिख मनाइने यस पर्वमा यहाँका विद्यालयदेखि नै हलोविनमा कुन लुगा लगाउने,कस्तो मेकअप गर्ने,कस्कोमा जाने र के गर्ने भन्ने सरसल्लाहमा बालबालिकाहरु व्यस्त हुने गर्दछन् ।


बालबालिकाहरुलाई हलोविन लागेपछि अभिभावकहरुलाई पनि यो पर्व लाग्ने गर्छ । मुख्य गरेर भर्खर विद्यालय सुरु गरेका नेपाली बालबालिकाहरुले उत्साहका साथ मनाउने यो पर्वमा लगाइने पोशाक खरिद गर्नेदेखि उनीहरुलाई तयार गरिदिने जिम्मा पनि अभिभावकको हुन्छ ।


‘मेरी छोरी करिब १ महिनाअघि देखि नै हलोविन मनाउन पोशाक खरिद गरेर तयार भएर बसेकी थिईन् ।’ सिड्नीका अभिभावक तथा गायक इश्वर पोखरेल भन्छन् । उनी नेपाली बालबालिकाहरुको संख्या पछिल्लो समयमा बढ्दै गएकाले समेत हलोविन, क्रिसमस जस्ता पर्वहरु उत्साहका साथ मनाउन थालिएको बताउँछन् ।


हलोविनलाई परम्परागत रुपमा अल हलो इभ का रुपमा मनाइने गरिन्छ । यो क्रिस्चियनहरुको पवित्र दिन मानिने अल हलो डे अथवा अल सेन्ट डे को अघिल्लो साँझ पर्ने गर्दछ ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?