नेपालीभाषी भुटानीहरुले मनाए पुनर्वास एक दशक

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका विभिन्न शहरहरुमा शरणार्थीका रुपमा पुनर्वासमा आएका नेपालीभाषी भुटानीहरुले पुनर्वासको एक दशक विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन्। 

भुटानबाट लखेटिएपछि नेपालको पूर्वी क्षेत्रहरुमा बसोबास गर्दै आएका नेपालीभाषी भुटानीहरुलाई अष्ट्रेलियाले सन २००८ देखि पुर्नवासमा ल्याएको थियो ।

Yamaha


पुनर्वासमा आएको एक दशक पुगेको अवसरमा उनीहरुले कलासंस्कृति, परम्परा र खानाहरुका साथ अतिथीहरुलाई स्वागत गरेका थिए भने नयाँ जीवन जीउने अवसर दिएको भन्दै अस्ट्रेलिया तथा यहाँका जनताहरुलाई धन्यवाद समेत दिएका थिए । कार्यक्रममा विभिन्न नेपाली गीतसंगीतहरुमा नृत्य, गायनहरु समेत प्रस्तुत गरिएको थियो ।

अस्ट्रेलियामा अहिले करिब ७ हजारको संख्यामा नेपालीभाषी भुटानीहरु रहेको बताईन्छ । अस्ट्रेलियाले मुख्य गरेर दक्षिण अस्ट्रेलिया र अल्बरीमा ठूलो संख्यामा उनीहरुलाई स्थापित गराएको छ भने मेल्बर्नका विभिन्न स्थानहरुका साथै तास्मानिया, ब्रिसबन, केन्स, सिड्नी लगायतका स्थानहरुमा समेत उल्लेख्य संख्यामा उनीहरुलाई पुनर्वास गराएको छ ।

१० वर्षको अवधिमा आफुहरुले पाएको सफलता र पाएको नयाँ जीवनलाई उत्साहका साथ मनाउनका लागि विशेष कार्यक्रमको आयोजना गरिएको उनीहरुले बताएका छन् ।

‘हाम्रो मुख्य उद्देश्य नै आफुहरुलाई अस्ट्रेलियाली सरकार र यहाँका जनताले दिएको साथ, माया र विश्वासलाई सम्मान गर्ने र सम्बन्धलाई अझ विस्तार गर्ने हो ।’ भुटानी युवा तथा कलाकार दुर्गा रिमालले कान्तिपुरसँग भने ।

तास्मानिया, मेल्टन, एडिलेड र अल्बरीमा रहेका नेपालीहरुले कार्यक्रम सम्पन्न गरिसकेका छन् भने सिड्नीमा केही दिनमा आयोजना गर्ने तयारी भइरहेको छ । कार्यक्रममा सहभागिहरुले आफू नेपालको विभिन्न शिविरहरुममा रहन्दादेखि अस्ट्रेलियामा आएर गरिएको संघर्षहरुलाई सम्झना गरेका थिए ।

अस्ट्रेलियाली सरकार तथा काउन्सिलको तर्फबाट सहभागीहरुले शरणार्थीको रुपमा आएपनि अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउन पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हलोविनमा रमाए नेपाली बालबालिका

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — सिड्नीको पेन्टहस्टमा बस्ने ५ वर्षकी आरुषी पोखरेल बुधबार भूतको लुगामा बिहानैदेखि सजिएर बसिन् । हेर्दै डर लाग्ने पोशाक,मेकअप लगाएर आफुले चिनेका छिमेकी र ठुलाबडाहरुकोमा गएर उनीहरुलाई तर्साउन उनी आफ्ना आधा दर्जन साथीहरु लिएर साँझभरी हिँडेकी थिईन् ।

आरुषी मात्र नभएर अहिले अष्ट्रेलियामा रहेका अधिकांश नेपाली बालबालिकाहरु हलोविनलाई उत्साहका साथ मनाउने गर्छन् । सिडन्ी, मेलबर्न, एडिलेड, ब्रिसबन, क्यानबेरा लगायतका शहरहरुमा बस्ने नेपाली बालबालिकाहरु यस पर्वलाई नेपाली होलीकै रुपमा लिन्छन् ।

प्रत्येक वर्ष अक्टोबर ३१ तारिख मनाइने यस पर्वमा यहाँका विद्यालयदेखि नै हलोविनमा कुन लुगा लगाउने,कस्तो मेकअप गर्ने,कस्कोमा जाने र के गर्ने भन्ने सरसल्लाहमा बालबालिकाहरु व्यस्त हुने गर्दछन् ।

बालबालिकाहरुलाई हलोविन लागेपछि अभिभावकहरुलाई पनि यो पर्व लाग्ने गर्छ । मुख्य गरेर भर्खर विद्यालय सुरु गरेका नेपाली बालबालिकाहरुले उत्साहका साथ मनाउने यो पर्वमा लगाइने पोशाक खरिद गर्नेदेखि उनीहरुलाई तयार गरिदिने जिम्मा पनि अभिभावकको हुन्छ ।

‘मेरी छोरी करिब १ महिनाअघि देखि नै हलोविन मनाउन पोशाक खरिद गरेर तयार भएर बसेकी थिईन् ।’ सिड्नीका अभिभावक तथा गायक इश्वर पोखरेल भन्छन् । उनी नेपाली बालबालिकाहरुको संख्या पछिल्लो समयमा बढ्दै गएकाले समेत हलोविन, क्रिसमस जस्ता पर्वहरु उत्साहका साथ मनाउन थालिएको बताउँछन् ।

हलोविनलाई परम्परागत रुपमा अल हलो इभ का रुपमा मनाइने गरिन्छ । यो क्रिस्चियनहरुको पवित्र दिन मानिने अल हलो डे अथवा अल सेन्ट डे को अघिल्लो साँझ पर्ने गर्दछ ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT