कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोस्वामीको कोशिष–२ एल्बम सार्वजनिक

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — अष्ट्रेलिामा रहेर सांगितिक सृजना गर्दै आएका युवा गायक राजकुमार गोश्वामीले एकल सांगितिक एल्बम कोशिष–२ सार्वजनिक गरेका छन् । 

गोस्वामीको कोशिष–२ एल्बम सार्वजनिक

६ वर्षदेखि प्रवासमा रहेर नेपाली गीतसंगीत सृजना गर्दै आएका उनले सिड्नीमा उक्त एल्बमको बिमोचन गरेका छन् । डा. नारायण प्रधानले बिमोचन गरेको उक्त एल्बममा १० वटा लोक, पप, आधुनिक गीतहरु समेटिएको छ ।


उनलाई एल्बमको दुई गीतमा गायिकाहरु मेलिना राई र आस्था राउतले साथ दिएका छन् भने धर्मेन्द्र सेवान, अष्ट्रेलियाका संगीतकार किरण भण्डारीका साथै दिल तामाङ, समी श्रेष्ठ लगायतको संगीत रहेको छ ।


अष्ट्रेलियामा गायक गायिकाहरुद्वारा एउटा मात्र गीत निकाल्ने प्रचलन बढिरहेको सन्दर्भमा गोस्वामीले भने पूर्ण एल्बम सार्वजनिक गरेका हुन् ।


करिब ५ वर्षअघि निकालिएको कोशिष एल्बमको निरन्तरताकै रुपमा यो एल्बम सार्वजनिक गरिएको गोस्वामीले बताए ।

प्रकाशित : कार्तिक १७, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?