कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभरेष्ट टाइम्स १० वर्ष पुगेकोमा प्रधान सम्पादक शेर्पालाई सम्मान

कान्तिपुर संवाददाता

अमेेरिका — अमेरिकाको न्युयोर्क सहरबाट प्रकाशित हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्सले दश वर्ष पुरा गरेको छ । उक्त अवसर पारेर न्यूयोर्क सीटीले पत्रिकाका प्रधान सम्पादक आङछिरिङ शेर्पालाई बिशेष सम्मान प्रदान गरेको छ । 

एभरेष्ट टाइम्स १० वर्ष पुगेकोमा प्रधान सम्पादक शेर्पालाई सम्मान

सम्मानपत्र प्रदान गर्दै सीटी काउन्सिल सदस्य कोष्टाले एक दशकदेखि एभरेष्ट टाइम्स पत्रिका निरन्तर प्रकाशन गरेर अमेरिकामा नेपाली समुदायमा पुर्‍याएको योगदानका कारण सम्मान गरिएको बताए । उनले भने, 'हामी निकै खुसी भएका छौं ।’


साथै काउन्सिल सदस्य कोष्टाले एभरेष्ट टाइम्सलाई सघाउँदै आएका तेम्बा दोङमा हयोल्मो, मच्छे गुरुङ, नेत्र तामाङ, इन्दिरा चोङबाङ, पासाङ नुर्बु शेर्पा र रोज मोक्तानलाई पनि सम्मानपत्र प्रदान गरेका थिए ।


नेपाली काउन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले एभरेष्ट टाइम्सले प्रवासमा नेपाली भाषा, धर्म र संस्कृतिको संरक्षणको लागि महत्वपुर्ण योगदान पुर्‍याउँदै आएको बताए । कार्यक्रममा एभरेष्ट टाइम्सले दशौं वर्ष पुरा गरेको अवसर पारेर प्रकाशित विशेषांक पुस्तिकाको प्रमुख अतिथि भट्टराईले विमोचन गरेका थिए ।


दशौं वार्षिकोत्सवको अवसरमा नेपाल सरकारका प्रधानमन्त्री केपी ओली, अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की, न्यूर्योक सीटीका मेयर विल डे ब्लाजिओ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पा, इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङले बधाइ तथा शुभकामना पठाएका थिए ।



प्रकाशित : कार्तिक २६, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?