कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक हुँदै

काठमाडौँ — गैरआवासीय नेपाली सङ्घको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको कम्पालामा हुने भएको छ । आगामी पुस २४ र २५ गते हुने बैठकको उद्घाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय  हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्ने एनआरएनए एनसीसी युगान्डाका अध्यक्ष राजमणि भण्डारीले बताए । 

बन्द सत्रमा युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपाल सँग साझेदारीका सम्भावना बारे कार्यपत्रहरू प्रस्तुत हुनेछन् । गैरआवासीय नेपाली विज्ञहरूले अफ्रिका क्षेत्रका ठुला विकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत गर्नेछन् ।


बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी र अनुभव साट्न सकिने विषयमाथि समेत छलफल हुनेछ । त्यसै गरी अफ्रिकामा नेपाली कामदारहरूले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नवीकरण, दलालहरूद्वारा ट्रान्जिटमा अफ्रिका पुर्‍याइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम छ ।


बैठकमा कायरो स्थित नेपाली दूतावासका राजदूत झविन्द्र अर्याल, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने लगायतका पदाधिकारीहरूको उपस्थिति रहने भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा हुनेछ ।

प्रकाशित : पुस १२, २०७५ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?