कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रोजेक्ट वान’ को कन्सर्ट

काठमाडौँ — विभिन्न रक ब्यान्डका सदस्य आबद्ध रहेको नयाँ ब्यान्ड ‘प्रोजेक्ट वान’ ले ललितपुरको जावलाखेल र बुटवलमा कन्सर्ट गर्ने भएको छ । माघ १३ र २७ मा हुने कन्सर्टमा एक दर्जन स्थापित रकस्टारले माहोल तताउनेछन् ।

‘प्रोजेक्ट वान’ को कन्सर्ट

‘फेरि उठ्नेछ नेपाल’ शीर्षकको कार्यक्रममा मुक्ति शाक्य, रविन तामाङ, अभया सुब्बा, स्वप्नील शर्मा र निरन शाही भोकल्समा रहनेछन् ।


ब्यान्डवागन बाई पोजिटिभ भाइब्सले स्थापना गरेको ‘प्रोजेक्ट वान’ ले नयाँसहित आफूहरूका चर्चित गीत सुनाउनेछ । पोजिटिभ भाइब्सका विकेश कायस्थले कन्सर्ट भव्य हुने बताए । ‘अहिले नै ५ हजारभन्दा बढी टिकट बुक भइसकेको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य १० हजार दर्शकलाई मनोरञ्जन दिनु हो ।’ कार्यक्रमपछि एकताको सन्देश बाँड्न ब्यान्ड काठमाडौं र देशका विभिन्न कलेजमा पुग्ने उनले बताए ।


ब्यान्डमा वाद्यवादनतर्फ गिटारमा हरि महर्जन, शरद श्रेष्ठ, राजीव रिन्छेन पाल्जोर, बेसमा रोशन कंसाकार र सुरज विष्ट र ड्रम्समा निखिल तुलाधर छन् । विकेशले भूकम्पपछि पनि नेपालको राजनीति अस्थिर रहिरहेकाले सबै जनता एक भएर देशका लागि केही गर्ने आहवान गर्दै ‘फेरि उठ्नेछ नेपाल’ शीर्षकमा पहिलो कार्यक्रम गरेका थिए । यसपालिको कार्यक्रम यसकै तेस्रो संस्करण हो ।

प्रकाशित : पुस २६, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?