कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलोपटक टिकटमा भजन

लेखनाथ — पोखरामा हुने पहिलो खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगितामा दर्शकले टिकट काट्नुपर्ने भएको छ । पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीले संयुक्त रुपमा आगामी फागुन १२ मा पोखरा प्रदर्शनी केन्द्रमा प्रतियोगिता गर्दै छन् ।

पहिलोपटक टिकटमा भजन

प्रतियोगितामा १ हजार, ५ सय र २ सय रुपैयाँको प्रवेश टिकटको व्यवस्था गरिएको छ । माघभरि विभिन्न जिल्लामा छनोट गरी उत्कृष्ट १५ समूहलाई अन्तिम चरणमा प्रतिस्पर्धा गराइने प्रतियोगिता संयोजक तुलसी दिवसले बताए । प्रतियोगितामा ५० प्रतिशत निर्णायकको निर्णय र ५० प्रतिशत दर्शक भोटको आधारमा मूल्यांकन गरिने उनले जनाए ।

क्लबका अध्यक्ष भरत कोइरालाले कार्यक्रमबाट बचत भएको रकम लोकसंस्कृतिको जगेर्ना र समाजसेवामा खर्च गर्ने लक्ष्य राखेको बताए । ‘आधुनिकताको चपेटामा परेर हाम्रा सांस्कृतिक सम्पदाहरू मरिरहेका छन्,’ शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘बाबुबाजेले युगौंदेखि जोगाउँदै आएका यस्ता मौलिक सम्पत्ति नष्ट हुन नदिनु प्रतियोगिताको उद्देश्य हो ।’

राष्ट्रिय लोक भजन संरक्षण समितिका केन्द्रीय अध्यक्ष कलाकार प्रजापति पराजुलीले आफ्नै देशको संस्कृतिको रुपमा रहेको भजनलाई बिर्सिइँदै गएकोले यसको संरक्षणमा प्रतियोगिताल भूमिका खेल्ने उल्लेख गरे ।

प्रकाशित : पुस २९, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?