कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनएफडीसीमा पौडयालको प्रतिमा

काठमाडौँ — वरिष्ठ चलचित्रकर्मी उद्धव पौडयालको पूर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेड (एनएफडीसी) ले आफ्नो २४ औं वार्षिक साधारणसभाबाट कम्पनीका पूर्वअध्यक्ष पौडयालको प्रतिमा निर्माण गर्ने निर्णय गरेको हो ।

नेपाली फिल्म निर्माण, प्रदर्शन र वितरणसँगै सञ्चार क्षेत्रमा सक्रिय पौडयालको पूर्णकदको प्रतिमालाई बालाजुस्थित एनएफडीसी परिसरमा राखिने बताइएको छ । गोपीकृष्ण मुभिज, टीभी फिल्मी र रेडियो फिल्मी सञ्चालनमार्फत फिल्म क्षेत्रको प्रवद्र्धनमा समेत लागेका पौडयाल लामो समयदेखि फिल्म निर्माणमा सक्रिय छन् ।


प्रकाशित : माघ २, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?