कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पिँजडा ब्याक अगेन’ शुक्रबारै

काठमाडौँ — सोनाम ल्होसारको बिदा पारेर बिहीबारै रिलिज गर्ने भनिएको फिल्म ‘पिँजडा ब्याक अगेन’ राजधानीमा भने शुक्रबार प्रदर्शनमा आउने भएको छ । फिल्म उपत्यकाबाहिर भने बिहीबारदेखि नै प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

‘पिँजडा ब्याक अगेन’ शुक्रबारै

चलचित्र निर्माता संघले होल्ड ओभरको मान्यताअनुरूप शुक्रबार रिलिजको मान्यतालाई कायम राख्दै आएकोमा विशेष चाडपर्वमा भने अन्य बारमा पनि फिल्म रिलिज गर्न सकिने प्रावधान छ । ‘पिँजडा ब्याक अगेन’ ले गत साता रिलिज भएका फिल्मलाई कम्तीमा एक साता हलमा लाग्न दिने निर्णयसहित राजधानीमा एक दिनपछि सर्दै शुक्रबार नै रिलिज हुने भएको हो । निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, सुस्मिता केसीलगायतको मुख्य भूमिका रहेको फिल्मलाई हिमाल केसीले निर्देशन गरेका हुन् । श्रीराम बरालको प्रस्तुतिमा तयार भएको फिल्ममा गोविन्द गैरे र रोहित पुरी निर्माता छन् ।

त्यसो त सोनाम ल्होसार नै पारेर निगम श्रेष्ठको निर्देशन रहेको ‘लालपुर्जा’ बिहीबार नै आउन लागेको छ । उक्त फिल्ममा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगरलगायतको अभिनय रहेको छ ।

प्रकाशित : माघ २, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?