कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिभाशाली जेडन

काठमाडौँ — विश्वका सर्वाधिक धनी किशोर–किशोरीको सूचीमा अमेरिकी एक्टर एवं र्‍यापर जेडन स्मिथको पनि नाम आउँछ । जाडा पिंकेट र विल स्मिथका छोरा जेडन अहिले १९ वर्षका भए । उनले सन् २००६ को ‘द पर्सुट अफ हयाप्पिनेस’ फिल्मबाट डेब्यु गरेका थिए । त्यसमा उनी डयाडसँगै देखिए ।

प्रतिभाशाली जेडन

एक्सन मुभीबाट नाम कमाएका विल उक्त मेलोड्रामामा यस्तरी छाए, ओस्कार र गोल्डेन ग्लोब अवार्डमा ‘बेस्ट एक्टर’ को मनोनयनमै परे ।

यहाँ विलको होइन, उनका छोराको चर्चा हुँदै छ । जेडनले पनि डेब्यु फिल्मबाटै एमटीभी मुभी अवार्ड जिते । त्यसपछि उनी स्कट डेरिक्सन निर्देशित साइफाई ‘द डे अर्थ स्टुड स्टिल’ मा देखा परे । ज्याकी च्यानसँगको ‘कराते किड’ मा उनको भूमिका गज्जब मानियो । २०१३ मा उनी पुन: आफ्ना डयाडसँग ‘आफ्टर अर्थ’ मा देखा परे । हरेक फिल्ममा उनको अभिनय राम्रो हुने गरेको छ । उनलाई ‘पर्फेक्ट एक्टर’ भन्ने गरिएको छ ।

जेडनको नेट वर्थ अर्थात् कुल आम्दानी ९ मिलियन डलर (९१ करोड रुपैयाँभन्दा बढी) छ । २०१३ मै उनी मासिक ४ लाख १६ हजार अमेरिकी डलर (४ करोड रुपैयाँभन्दा बढी) कमाउँथे ।

उनले २०१० देखि सांगीतिक करिअर पनि सुरु गरे । त्यो बेला उनी क्यानेडियन स्टार जस्टिन बिबरसँगै ‘नेभर से नेभर...’ गीतमा सुनिए । बिलबोर्ड हट हन्ड्ेरन्डको उत्कृष्ट आठ नम्बरमा उक्त गीत पर्‍यो । त्यसपछि उनले ‘द कुल क्याफे...’, ‘वाच मी...’, ‘फलन...’,

‘द कुलेस्ट...’ जस्ता गीत सार्वजनिक गरेका छन् ।

उनको आफ्नै क्लोथिङ ब्रान्ड पनि छ । उनी आफूलाई ‘मामाज ब्वाई’ भन्न रुचाउँछन् । तर, बहिनीले आफूलाई चेताउँदा आमाले बहिनीकै समर्थन गर्ने गरेको उनको गुनासो छ । उनका एक दाइ र एक बहिनी छन् । उनी अभिनीत दुई फिल्म यही वर्ष प्रदर्शन हुने तरखरमा छन् । उनलाई विल र जाडाका ‘वन्डर चाइल्ड’ समेत भन्ने गरिएको छ ।

जेडनलाई उनका प्रशंसकले ‘योङ फिलोसोफर’ को टाइटल दिएका छन् । विज्ञानका अनेक तथ्य र दर्शनका कुराहरू लेखिहिँड्ने उनले २०१७ को जनवरी १ मा यस्तो टीट गरेका थिए, ‘हयाप्पी न्यु टियर्स ।’ त्यो झन्डै १२ हजार पटक रिटीट भयो । ‘तिमी कुनै बेला सबैभन्दा कान्छा व्यक्ति थियौ,’ उनी यस्तो पनि लेख्छन्, ‘जमिन प्वाल पारेर हामफाल्यो भने पृथ्वीको अर्कोपट्टि पुग्न ४२ मिनेट लाग्छ । एक चम्चा मह १२ वटा मौरीको आजीवन परिश्रम हो ।’

– एजेन्सी

प्रकाशित : माघ ३, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?