कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुजेल संस्कृतिमा फिल्म

कान्तिपुर संवाददाता

लेखनाथ — आदिवासी जनजातिमा सूचीकृत भुजेल समुदायको संस्कृति फिल्ममा समेटिने भएको छ । भुजेल समाज सेवा समितिको सक्रियतामा ‘नि–प्हुँगाल’ (हामी भुजेल) बन्ने भएको हो ।

भुजेल र नेपाली भाषामा बन्ने फिल्मको निर्देशन कृष्णकुमार गुरुङले गर्नेछन् । पोखराका उद्यमी कमलबहादुर भुजेल निर्माता हुन् । फिल्ममा भीम भुजेल, पूजा भुजेल, मीना भुजेल, रेशम भुजेल लगायतको मुख्य भूमिका रहनेछ ।

फिल्म सामाजिक परिधिभन्दा बाहिर नजाओस् भन्नका लागि भुजेल संस्कृतिविद् एवं भाषाविद्को सहयोग लिइने निर्देशक गुरुङले उनले बताए ।

कथा कमल भुजेलले लेखेका हुन् । संगीत विमल जीसी भुजेल, कमल भुजेल र पृथ्वी भुजेलको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?