कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरनले फसाद

कान्तिपुर संवाददाता

काठमाडौँ — हलिउडका स्टाइलिस्ट हिरोइनमध्ये पर्छिन्— जेनिफर लरेन्स। उनको ड्रेसअप र फेसन सेन्सको प्राय: प्रशंसा हुने गर्छ।

पहिरनले फसाद

तर हालै एउटा इभेन्टको फोटो सुटपछि भने ओस्कार विजेता अभिनेत्रीको ड्रेसअपबारे नकारात्मक टीकाटिप्पणी आएका छन्, उनले स्पष्टीकरण दिनुपर्ने गरी। रिलिजका क्रममा रहेको ‘रेड स्प्यारो’ प्रोमोसनका लागि दुई दिनअघि फिल्म युनिटसँगै लन्डन पुगेकी जेनिफरले गर्मी याममा झैं भर्सेस गाउन र स्यान्डल लगाएकी छन्। उनीसँगै उभिएका निर्देशकलगायतले चाहिँ बाक्लै कपडा र बुट लगाएका छन्। यसमा टिप्पणी गर्नेहरूले यसलाई ‘अप्रत्याशित र लिंगभेदको विम्ब’ भनेका छन्।

यति बेला अत्यधिक जाडो भएको लन्डनमा गरिएको यो फोटो सुटमा जेनिफरको पहिरनलाई लिएर सोसल मिडियामा उनलाई उडाउनु उडाइएको छ। ‘कृपया, जेनिफर लरेन्सलाई कोट देऊ’ भन्नेसम्मका प्रतिक्रिया आएपछि अभिनेत्री निकै झ्वाँकिएकी छन् र आफ्नो फेसबुक पेजमार्फत ‘कस्तो लुगा लगाउने भन्ने निर्णय केवल आफ्नो रहेको’ बताएकी छन्।

‘यो केवल हाँस्ने कुरा हैन, यस्तो प्रतिक्रियाले मेरो चित्त निकै दुखाएको छ,’ उनले लेखेकी छन्, ‘त्यो भर्सेस ड्रेस सानदार थियो। तपाईंलाई लाग्छ, म त्यो सुन्दर ड्रेसलाई कोट र स्कार्फले छोपूँ? म पाँच मिनेटको लागि मात्रै बाहिर थिएँ। म यो ड्रेसको लागि हिउँमा उभिएकी छु किनकि मलाई फेसन मन पर्छ र यो मेरो इच्छा हो।’

हलिउडमा बढी पारिश्रमिक बुझ्ने अभिनेत्रीमध्येमा दोस्रो नम्बरमा पर्ने अभिनेत्रीको रिस यतिमै मरेको छैन। उनले अगाडि लेखेकी छन्, ‘यस्ता कन्ट्रोभर्सीले सही विषयवस्तुबाट ध्यानभंग गरिदिन्छ। मैले लगाएको लुगाले कसैलाई हानि गर्दैन। यस्तो कुरामा कन्ट्रोभर्सी क्रिएट गरिरहेर अगाडि बढ्न सकिँदैन। यसमा नकारात्मक प्रतिक्रिया दिनु हास्यास्पद हो। मैले जे लगाउँm, त्यो मेरो इच्छा हो। म ठन्डीमा बस्न चाहन्छु भने त्यो पनि मेरो इच्छा हो।’

प्रकाशित : फाल्गुन ११, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?