कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली क्रिकेट टोलीका फिजियो आमिरको फिल्ममा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेट टोलीका फिजियो डाक्टर पुरन तिरुवा ठूलो ब्यानरमा बन्न लागेको बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा काम सुरु गर्ने प्रयासमा छन् । उनी पूरा फिल्ममा प्रमुख फिजियोको रूपमा कार्यरत छन् ।

नेपाली क्रिकेट टोलीका फिजियो आमिरको फिल्ममा

अमिताभ बच्चन, आमिर खान, क्याट्रिना कैफ, फातिमा शेखलगायत रहेको ‘ठग्स अफ हिन्दुस्तान’ यशराज प्रोडक्सनमा बन्न लागेको हो । यसलाई विजयकृष्ण आचार्यले निर्देशन गर्दै छन् । फिल्मको एक्सन टिम सुपरहिट ‘बाहुबाली’ युनिटकै रहेको छ ।


तिरुवाका अनुसार, सोमबारदेखि फिल्मको सुटिङ सुरु भएको छ । अप्रिलको अन्तसम्म सुटिङ सकिनेछ । तिरुवा सन् २०१६ को सिजन फोरमा प्रो कबड्डीमा बंगाल वारियर्सको टिममा फिजियो रहेका थिए । त्यही लिंकले उनलाई भारतीय फिल्ममा पुर्‍याएको हो । धनगढीको मसुरिया–१ का तिरुवा भारतको मुम्बई कर्मथलो रहँदै आएको छ । उनी विश्व क्रिकेट लिग च्याम्पियनसिपका केन्या, हङकङ र यूएईसँगका खेलहरूमा नेपाली टोलीका फिजियो थिए ।


‘मेरा लागि यो धेरै राम्रो अवसर हो । अरू फिल्म र चर्चित कलाकारको व्यक्तिगत फिजियोका लागि कुराकानी सुरु भइरहेको छ, तर मेरो इच्छा खेलकुद फिजियोमा नै छ,’ ३१ वर्षे तिरुवाले जोधपुरबाट भने । उनले ‘ठग्स अफ हिन्दुस्तान’ सँगको पारिश्रमिक सम्झौताबारे भने खुलाउन चाहेनन् ।


गत वर्ष उनी धनगढी प्रिमियर लिग (डीपीएल) का प्रमुख फिजियो थिए । डीपीएल २ यस पटक चैत १७ मा सुरु हुँदै छ । ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ चलिरहने हुनाले डीपीएल २ मा आफू आउने सम्भावना कमै रहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १६, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?