कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओस्कार २०१८: ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट फिल्म

एजेन्सी

लस एन्जलस — ‘द सेप अफ द वाटर’ यस वर्षको ओस्करमा सर्वोत्कृष्ट फिल्म ठहर भएको छ । यस वर्षको सर्वोत्कृष्ट फिल्मको विधामा पर्न सफल ‘गेट आउट’, ‘लेडी बर्ड’ र ‘थ्री बीलबोर्डस आउटसाइड इबीइङ’ र ‘मिजुरी’ एकअर्काका निकै कडा प्रतिष्पर्धी थिए ।

ओस्कार २०१८: ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट फिल्म

यस्तै ‘द सेप अफ द वाटर’कै निर्देशक गुइलेर्मो डेल तोरो नै यस वर्षको सर्वोत्कृष्ट निर्देशक समेत ठहरीए । उत्कृष्ट अभिनेतको उपाधी भने फिल्म ‘डार्केस्ट आवर’बाट ग्यारी ओल्डम्यानले प्राप्त गरे । ‘थ्री बीलबोर्डस आउटसाइड इबीइङ’की नायीका फ्रान्सेस म्याकडोरमण्ड उत्कृष्ट अभिनेत्रीको उपाधी हात पार्न सफल भइन् ।


प्रकाशित : फाल्गुन २१, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?