बर्थ डे केक काट्दै अमिरले श्रीमतीलाई किस गरेपछि....

कान्तिपुर संवाददाता

काठमाडौँ — जन्मदिन मनाउन मुम्बई पुगेका बलिउड अभिनेता अमिर खान रोमान्टिक बनेका छन् । ठग्स अफ हिन्दुस्थानको सुटिङका क्रममा जोधपुर रहेका अमिर मुम्बई पुगेर श्रीमती किरण राओलाई मिडिया कै अगाडि किस गरे ।

धोबीघाटकी डाइरेक्टर किरण श्रीमानलाई लिन एयरपोर्ट पुगेकी थिइन्। एयरपोर्ट परिसरमा आफ्ना समर्थक र मिडियाको अगाडि दुवैले संयुक्त रुपमा केक काटे। त्यही क्रममा अमिरले किरणलाई किस गरे। अमिर र किरणबीचको गहिरो माया रहेको भन्दै भारतीय सञ्चार माध्यमहरुले दावी गर्दै किस गरेको फोटो सार्वजनिक गरेका छन्।

Yamaha

मिस्टर पर्फेक्टस्निष्टको रुपमा समेत चिनिएका अभिनेता खानले आफ्नो ५३ औँ जन्मोत्सवको अवसर पारेर इन्स्टाग्राममा पहिलो तस्वीर हालेका छन्। उनले आफ्नी आमाको तस्वीर इन्सटाग्राममा हालेका हुन्। अमिर आफ्नो लामो छुट्टि आमाका साथ मनाउने गरेका छन्।

यसअघि अमिर र किरणबीच सम्बन्धमा खटपट भएको भन्दै चर्चा पनि चलेको थियो। थग्स अफ हिन्दुस्थानमा अमिरसहित अमिताब बच्चन, फतिमा शैख र कट्रिना कैफको अभिनय छ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १८:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

युवा संघसँग एकता प्रक्रिया थाल्ने वाइसीएलको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले एकताबारे आवश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलाई जिम्मा दिएको छ ।

पेरिसडाँडामा बुधबार बसेको वाइसिएल केन्द्रीय समिति बैठकले एमाले निकट युवा संघसँगको एकताबारे निर्णय गर्ने जिम्माकेन्द्रीय कार्यालयलाई दिने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार आन्तरिक धारणानिर्माण गरेपछि युवा संघसँग एकताबारे छलफल थालिनेछ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि युवासंगठनहरुले पनि एकता प्रक्रिया सुरु गर्न लागिएको हो ।

वाइसीएल बैठकले केन्द्रीय समितिको आगामी कार्ययोजना तयार पार्दै कार्यविभाजन तथा पदपूर्ति समेत गर्ने निर्णय गरेको छ ।बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतीका विषयमा प्रत्येक प्रदेशबाटप्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको रिपोटिङ गरेका थिए ।

वाइसीएल बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मणि थापालगायतको पनिउपस्थिति थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १८:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT