कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाञ्चल गट ट्यालेन्ट

धनकुटा — टिन्ज क्रयु सेन्टर, धनकुटाद्वारा आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ मा मोरङकी सोनी गुरुङले बाजी मारेकी छन् ।

पूर्वाञ्चल गट ट्यालेन्ट

धनकुटामा शनिबार राति भएको फाइनलमा १२ प्रतिस्पर्धीलाई उछिन्दै नृत्य विधाकी सोनी विजेता बनेकी हुन् । नृत्य, गायन र अभिनय गरी तीन विधा समेटिएको प्रतियोगितामा सोनीले पुरस्कारस्वरूप एक लाख नगद प्राप्त गरिन् । उनको पाँच लाखको जीवन बिमा गरिने प्रतियोगिताका संयोजक सुमन योगीले जानकारी दिए ।

दोस्रो स्थान धनकुटाकी जुनी खालिङ राईले पाइन् । तेस्रो स्थानमा संखुवासभाका शोभितकुमार राई आए । संखुवासभाकी स्वीस्कृति नेपाली चौथो स्थानमा रहिन् ।

प्रतियोगिताका निर्णायकमा अभिनेता दयाहाङ राई, गायक/संगीतकार अशोक मुकारुङ, गायक सूर्य वालिङ, कोरियोग्राफर सरोज भुजेललगायत थिए । कार्यक्रममा गायक अशोक मुकारुङ, पासाङ शेर्पा, दख्खिन राई, सूर्य वालिङ, हेमु स्मृति चेम्जोङलगायतले गीति प्रस्तुति दिएका थिए ।

प्रकाशित : चैत्र ५, २०७४ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?