कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘महिलालाई इज्जत गर्ने पुरुष राम्रो’

काठमाडौँ — बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण ब्रेकअपपछि पनि सँगै फिल्म खेलिरहेका छन् । तर यी दुईको जोडीलाई एउटै स्टेजमा भने विरलै देखिन्छ । तीन वर्षपछि हालै रनवीर र दीपिका एउटै स्टेजमा देखिए ।

‘महिलालाई इज्जत गर्ने पुरुष राम्रो’

भारतका चर्चित फेसन डिजाइनर मनीष मल्होत्राले केही दिनअघि गरेको फेसन शोका क्रममा दुईले जोडी बाँधिएर र्‍याम्प नापेका थिए ।


यी दुईको जोडी हेर्न थुप्रै दर्शक शोमा पुगेका थिए । रणवीरकी आमा नीतु पनि छोरा र्‍याम्पमा हिँडिरहेको नियाल्दै थिइन् । इभेन्टका क्रममा रण्वीरले आमा नीतुबाट सिकेका कुराहरू सेयर गरे । ‘मेरी आमाले महिलालाई इज्जत गर्ने पुरुष राम्रो हो भनेर सिकाउनुभएको छ । आफ्नी पत्नी, छोरी, दिदीबहिनी, आमालाई चाहेअनुसारको स्पेस दिन सक्ने पुरुष राम्रा हुन्छन् भनेर उहाँले सिकाउनुहुन्थ्यो’, उनले भने, ‘म त्यही खालको पुरुष हुने कोसिस गरिरहेको छु ।’


रणवीर यत्तिमै रोकिएनन् । उनले भने, ‘हामी जस्ता युवाहरूले गाउँमा आफ्नो कामलाई केन्द्रित गर्नुपर्छ र माहिला तथा बालिकाहरूलाई सशक्तीकरण गर्न सघाउनुपर्छ ।’ आफ्नी दिदी ऋद्धिमा र आफू समान रूपमा हुर्किएको उल्लेख गर्दै रणवीरले ‘हरेक केटा र केटीलाई समान व्यवहार गरिएको हेर्ने चाहना भएको’ बताए । उनले युवाहरूलाई लक्ष्य गर्दै भने, ‘तिमी आफैं त्यो परिवर्तनको संवाहक बन्न सक्छौ र अहिलेदेखि नै तिमीहरूको समय सुरु भयो ।’


दर्शकका रूपमा रहेकी आमा नीतु भावुक बनिन् । उनले छोराको र्‍याम्प वाकको भिडियो इन्स्टाग्राममा हाल्दै ‘मुटुको टुक्रा’ जस्तै लागेको लेखेकी छन्, ‘मान्छे मात्रै होइन, रणवीरमा भएको गुणले पनि मन जितेको छ । थाहा छैन, कसलाई धन्यवाद भनूँ । भगवानलाई कि आफैंलाई धाप मारूँ ?’

प्रकाशित : वैशाख ११, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?