कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उल्सनको सेन्टिमेन्टल पप स्वर

काठमाडौँ — नेपाल आइडलबाट चिनिएका उल्सन श्रेष्ठले आफ्नो पहिलो गीत ‘हुरी आयो...’ सार्वजनिक गरेका छन् ।

उल्सनको सेन्टिमेन्टल पप स्वर

आफ्नै शब्द, संगीतमा तयार पारेको गीतबारे उनले भने, ‘यो सेन्टिमेन्टल पप गीत हो । मेरो क्रिएटिभिटि देखाउन खोजेको छु ।’


हर्कुलस बस्नेतले अरेञ्जमेन्ट गरेको गीतलाई स्रोताले मन पराइरहेको उल्सनले बताए । यसको म्युजिक भिडियोमा युट्युबमा बुधबारसम्म करिब दुई लाख भ्युज थियो ।


भिडियो निकालेयता कार्यक्रम र गीतहरूको प्रस्ताव आउन थालेको उल्सनको भनाइ छ । तर, आफू चुजी भइरहेको बताए ।


‘मलाई स्वरको नेचर रक गीत सुहाउँदो छ’, उनले भने, ‘त्योसँगै मेलोडियस गीत गाउन मन पराउँछु ।’


यसपछि ‘म सक्छु जित्न...’, ‘सुनिदेऊ एउटा कुरा...’ बोलका गीतहरू लगालग रिलिज हुन लागेको उनले अवगत गराए । ‘पहिलो चोटि कन्ट्री रक गाउन जाँदैछु’, उनले भने, ‘स्रोतालाई पक्कै नयाँपन महसुस हुनेछ ।’

प्रकाशित : जेष्ठ २, २०७५ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?