कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरोकाजुलाई पाल्म डिओर

काठमाडौँ — जापानी निर्देशक हिरोकाजु कोरिडाले ७१ औं कान्स फिल्म फेस्टिभलमा पाल्म डिओर अवार्ड जितेका छन् । उनले फिल्म ‘सपलिफ्टर्स’ का लागि उक्त अवार्ड जितेका हुन् । यससँगै कान्समा एसियन फिल्मले दोस्रो पटक सर्वाधिक ठूलो अवार्ड जितेको हो ।

हिरोकाजुलाई पाल्म डिओर

हिरोकाजुकै लेखन तथा सम्पादन रहेको उक्त फिल्ममा पाकेटमारमा संलग्न एउटा गरिब परिवारको कथा बुनिएको छ ।

त्यसै गरी अमेरिकी निर्देशक स्पाइक लीले ग्रान्ड प्रिक्स जितेका छन् । उनले ‘ब्ल्याकक्लान्सम्यान’ का लागि उक्त पुरस्कार जितेका हुन् । पुरस्कार जितेपछि निर्देशक लीले यस फिल्मका लागि कान्स उपयुक्त थलो भएको तर्क गर्दै यसले गर्दा विश्वभरको ध्यान तान्न सफल भएको बताए ।

रोन स्टलवर्थको यही शीर्षकको पुस्तकमा आधारित उक्त फिल्म अगस्ट १० देखि सार्वजनिक रूपमा प्रदर्शनमा आउँदै छ । आइतबार वितरित कान्स अवार्डमा लेबनानी निर्देशक नादिने लबकीलाई उनको फिल्म ‘कपरनउम’ का लागि जुरी अवार्ड दिइएको छ । उत्कृष्ट अभिनेताको कान्स अवार्ड भने ‘डगम्यान’ बाट इटालीका मार्सेलो फोन्टे भएका छन् भने अभिनेत्रीको अवार्ड ‘ऐका’ की काजाकिस्तानकी नायिका समाल यसलियामोभाले जितेकी छन् । पोल्यान्डका पावेल पउलिकोस्कीले ‘कोल्ड वार’ बाट उत्कृष्ट निर्देशक बन्दा उत्कृष्ट फस्र्ट फिल्म बेल्जियमको ‘गर्ल’ र सर्ट फिल्म अस्ट्रेलियाको ‘अल दिज क्रिएचर्स’ भएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?