१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘जय शम्भु’ को फस्टलुक

काठमाडौँ — अनुपविक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको ‘जय शम्भु’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

‘जय शम्भु’ को फस्टलुक

पोस्टरमा अनुप र वर्षासहित फिल्म ‘ऐश्वर्य’ बाट भिलेनमा चर्चा कमाएका प्रशान्त ताम्राकार अटाएका छन् । पोस्टरमा प्रशान्त र अनुप दुवैलाई एक्सन अवतारमा देखाइएको छ ।

एक्सन लभस्टोरी जानराको भनिएको फिल्म भदौ १ देखि देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’ मा अरविन्द्रमान शाक्य निर्माताको रूपमा रहेका छन् । रुपेश तामाङ निर्देशित फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको छ भने टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन र रामजी लामिछानेको नृत्यनिर्देशन देख्न सकिनेछ ।

फिल्म निर्माण टिमले नेपालसँगै अस्ट्रेलिया, दुबई, थाइल्यान्ड, हङकङ लगायत देशमा फिल्मको विशेष सो गरिने बताइएको छ । फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु राना लगायतले पनि खेलेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?