प्रकाशको ‘बोल माया’
काठमाडौँ — फरक गीत गाउन रुचाउने लोकदोहोरी गायक प्रकाश सपुत मार्मिक गीत लिएर दर्शक श्रोतामाझ आएका छन् ।
आफ्नै शब्द र संगित रहेको ‘बोल माया’ गीतले अहिले सबैको ध्यान तानेको छ । सातायता युट्युव ट्रेन्डिङको पहिलो स्थानमा रहन सफल गीत बैदेशिक रोजगारीमा जानेहरुको कथामा आधारित छ ।
बैदेशिक रोजगारमा जाँदा घट्ने घट्नाक्रमलाई समेटेर तयार पारिएको गीतको भिडियोले सबैलाई भावुक बनाउँछ । गीतमा सपुतसँगै नारायण रायमाझी र शान्तिश्री परियारको आवाज सुन्न सकिन्छ । गीतमा सपुतसँगै अञ्जली अधिकारी, देबेन्द्र बाबु र सीतारे गन्धर्वले अभिनय गरेका छन् ।
प्रकाशित : जेष्ठ ११, २०७५ १७:१६प्रतिक्रिया