कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोटोग्राफर मिलन तमुको कौरा गीतको भिडियो सार्वजनिक

लन्डन — फोटोग्राफर मिलन तमुको कौरा गीत ‘रोधी घरको आँगन’ भाग २ को भिडियो सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) युके अध्यक्ष योगकुमार फगामी र तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङले अल्डरसटमा एक कार्यक्रमबीच गत शुक्रबार भिडियो सार्वजनिक गरेका हुन् ।

फोटोग्राफर मिलन तमुको कौरा गीतको भिडियो सार्वजनिक

भूतपूर्व गोर्खा एवं फोटोग्राफर तमुको पहिलो कोसेलीको रुपमा प्रस्तुत गीतको भिडियो कास्की जिल्लाको रमणीय गाउँ घाचोकमा गत महिना छायांकन गरिएको थियो ।


विमोचन कार्यक्रममा गीतकार एवं पूर्वप्रधानाध्यक एकेन्द्र गुरुङले गीतबारे जानकारी दिए । कार्यक्रममा ७ मिनेट लामो भिडियो समेत प्रस्तुत गरिएको थियो ।


गीतकार तमुले भिडियो छायांकनमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई धन्यवाद दिँदै मायाको चिनो प्रदान गरेका थिए ।



प्रकाशित : जेष्ठ १२, २०७५ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?