कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन कथा काशी र गोरेको... [भिडियोसहित]

काठमाडौँ — वियोगान्त प्रेम कथामा आधारित लोकदोहोरी गीत 'सुन कथा' सार्वजनिक गरिएको छ । चन्द खत्रीको लय/शब्द, गायक ईश्वर सिंह र चर्चित गायिका कालिका रोकाको आवाजमा सजिएको गीत शितल सिजन डिजिटलले युट्युवमार्फत् सावर्जनिक गरेको हो ।

सुन कथा काशी र गोरेको... [भिडियोसहित]

सुन कथामा गायक मौसम गुरुङ र जुना गुरुङको अभिनय रहेको छ ।


प्रकाश भट्टको निर्देशनमा बनेको गीतमा राजेश घिमिरेको छायांकन, विष्णु शर्माले सम्पादन गरेका छन् । जापानमा व्यवसाय गरिरहेका खत्रीले पञ्चेबाजामा साइँली र तिम्ले भुल्न सक्यौ के गरी बोलको गीत पस्किसकेका छन् ।


उक्त गीतका एक टुक्का यस्तो छ,

सुन कथा काशी र गोरेको

वाचा बन्धन गरेर मोरेको...

मैले झेले तिमिले नि झेल मायालु.. हाम्रो आँसु अरुको हाँसो भो यस्तै रहेछ पिरतीको खेल मायालु...

प्रकाशित : जेष्ठ ३०, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?