कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“जाउँला रेलैमा...”

लेखनाथ — घाम अस्ताउँदै थियो । दिनभरिको हपक्क गर्मी हटेर धेरथोर शीतलताले पोखरावासी आनन्दित थिए । चिप्लेढुंगामा बिहीबार गायक कमल खत्री चर्चित गीत ‘आत्मामा....’ गाउँदै झुल्किए । रेडियो कान्तिपुरको ‘रेडियो अन ह्वील’ हेर्न जम्मा भएकाको ध्यान उनीतिर तानियो ।

“जाउँला रेलैमा...”

उनले धेरै बेर कुराउन चाहेनन् । माइक समाएर गाउन थाले अहिलेको चर्चित गीत ‘जाउँला रेलैमा... ।’ उनको आºनै शब्द, संगीत र स्वर रहेको गीत अन्तरजातीय प्रेमसँग सम्बन्धित छ । ‘संसारमा सानो र ठूलो जात भन्ने हुँदैन,’ गीतकै बीचमा उनले भने, ‘मान्छेको जम्मा दुई जात हुन्छन्, महिला र पुरुष ।’ उनले यसो भन्दा भीडबाट ताली परररर.. ताली बज्यो । गीतको म्युजिक भिडियोमा उनी स्वयंले अभिनय गरेका छन् । युटयुबमा गीतले ६ महिनाको अवधिमा झन्डै ३० लाख भ्युज पाएको छ ।


मिनी ट्रकमाथि गरिएको कार्यक्रममा गायिका माण्डवी त्रिपाठीले कम्मर मर्काउने गीत गाइन् । उनले आºना चर्चित गीत ‘ढल्क्यो, ढल्क्यो...’, ‘मेरो बारुली कम्मर..’, ‘मात लाग्यो, मात लाग्यो...’ र ‘टाकन टुकुन...’ प्रस्तुत गरिन् । उनलाई ‘वान्स मोर’ आइरह्यो । हास्यकलाकारद्वय आशिष ठकुरी र विनोद परियारको प्रस्तुतिले दर्शकश्रोतालाई पेट मिचीमिची हसायो । कार्यक्रमलाई रेडियो कान्तिपुरका आरजेद्वय स्मिता राना र महेश लिम्बूले रोचक बनाए ।


देशका दस सहरमा ‘रेडियो अन ह्वील’ गर्ने क्रममा रेडियो कान्तिपुरको टिम पोखरा आइपुगेको हो । यसअघि धनगढी, नेपालगन्ज, नारायणगढ, वीरगन्ज, विराटनगर, दमक, बिर्तामोड, इटहरी र धरानमा कार्यक्रम भइसकेको छ । अन्तिम कार्यक्रम काठमाडौंको जावलाखेलमा हुनेछ ।

प्रकाशित : असार ८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?