कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बम्बर फेसन

काठमाडौँ — कुनै बेला सैन्य जहाजका पाइलटका लागि बनाइएको फ्लाइट ज्याकेट अर्थात् बम्बर मेनस्ट्रिम फेसन बनेको लामै भइसक्यो । अहिले बलिउडमा बम्बर ज्याकेट सबैको रोजाइमा पर्न थालेको छ । केही अघि अभिनेत्रीमाझ लोकप्रिय यो ज्याकेट अचेल पुरुष सेलेब्रिटीले पनि बाक्लै पहिरिएको देखिन्छ ।

बम्बर फेसन

डल्सी एन्ड गबाना, सेन्ट लउरेन्ट, भ्यालेन्टिनो, लुइ भिटन जस्ता अन्तर्राष्ट्रिय ब्रान्डदेखि भारतका प्रतिष्ठित शाहिल अनेजा, कुणाल रावल लगायतका डिजाइनरसम्मले बम्बर उत्पादन गर्ने गरेका छन् । यिनका लेबलहरू बी–टाउनका प्रतिष्ठित आइकनहरूले लगाई हिँडेको देखिन्छ । करण जौहर र रणवीर सिंहलाई त ‘बम्बर ब्वाइज’ नै भन्ने बेला आइसक्यो । उनीहरू रंगीबिरंगी ज्याकेटमा जतासुकै पुगिरहेका हुन्छन् ।

केही अघिसम्म अभिनेत्री करिना कपुर खान र उनको गर्ल ग्याङ बम्बरमा सजिएर पोज दिइरहेका हुन्थे । पुरुष ग्याङले पनि यो छोटो साइजको ज्याकेट लगाउन थालेपछि यसपालिको गर्मी याम बम्बरमय हुने अडकल गरिएको छ ।

सबैखाले शरीरमा सुहाउने भएकाले बम्बर लोकप्रिय बनेको हुन सक्ने भारतीय डिजाइनर गौरव खानिजोले मिडियालाई बताएका छन् । ‘यसले स्ट्रिट र क्याजुअल दुवै स्टाइल झल्काउँछ,’ उनले भने, ‘मैले हालै जोधपुरी कोट र बम्बर ज्याकेटको हाइब्रिड वेयर बनाएको थिएँ । पुरुषका लागि यो लिटल ब्ल्याक ड्रेस (एलबीडी) अर्थात् लामो सयम टिक्ने, सस्तो र छरितो पहिरनका रूपमा यो स्थापित हुँदै छ ।’


एथलेटिक विशेषता भएकाले यो ज्याकेट अझै आधा दशक बलिउड फेसनमा रहने त्यहाँका अर्का डिजनाइन ट्रोय कोस्टाको अनुमान छ । उनका अनुसार यसले सहरिया र युवा भाइब दिन्छ । ‘डिजाइनरहरूले योसँग निकै रमाइलो गर्दै छन्,’ उनले भने, ‘कटन, नाइलन, नियोप्रिन फेब्रिकमा बम्बर बनाउन थालिएको छ । यो अहिलेको कुलेस्ट वेयर हो ।’

व्यायाम गर्दा होस् या प्लेनमा उडदा, साथीभाइसँगको जमघटदेखि र सभा–समारोहसम्ममा बलिउड स्टारहरू बम्बरमा पुगिरहेका हुन्छन् । झरीमा यो अझ बढी प्रयोगमा आउने गरेको छ । अभिनेत्रीहरू क्रप्ड टिसर्टमाथि बम्बर लगाएर आफ्नो लुक्सलाई आकर्षक बनाइरहेका हुन्छन् । अभिनेतालाई भने प्राय: लामो टिसर्ट वा भेस्टमा बम्बर पहिरिएको देखिन्छ ।

प्रकाशित : असार ११, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?