कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जस्टिन र हेलीको इन्गेजमेन्ट

काठमाडौँ — गायक जस्टिन बिबर र मोडेल हेली बल्डिविनले इन्गेजमेन्ट गरेका छन् । सीएनएनका अनुसार उनीहरूले यसै साता वैवाहिक सम्बन्धको सुरुवात गरेका हुन् । गायिका सेलेना गोमेजसँगको नाता तोडिएपछि जस्टिन आफ्नी पुरानी प्रेमिका हेलीसँग फर्किएका थिए ।

जस्टिन र हेलीको इन्गेजमेन्ट

सन् २०१५ ताका यो जोडी निकट थियो । सेलेनासँग मन मिलेपछि जस्टिन हेलीबाट टाढिए । टेलिभिजन प्रस्तोतासमेत रहेकी हेली पनि बीचमा गिटारिस्ट लुक हेमिङससँग डेट गर्थिन् । तर, पछिल्लो समय जस्टिन र हेली दुवैको लभ अफेयर टुक्रिएको थियो । यही बेला उनीहरू एकअर्कासँग फर्किए ।


दुईलाई विभिन्न ठाउँ र समारोहमा सँगै पुगेको देखिन्थ्यो । मायमी र कर्कल्यान्डका चर्च जाँदा उनीहरूले आफ्ना तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट पनि गरे । यसले दुईको सम्बन्ध पुनस्र्थापना भएको अड्कल गरिएको थियो । तथापि, उनीहरूले मुख खोलेका थिएनन् । एकैचोटि इन्गेज्ड भएको समाचार सुन्नमा आएपछि दुवैका फयान जिल्ल परेका छन् ।
मिडियामा आएदेखि जस्टिनले धेरै युवतीसँग सम्बन्ध गाँसे । अहिलेसम्म ११ जनासँग उनको नाम जोडिएको बताइन्छ । तिनमा अधिकांश सेलेब्रिटी युवती छन् । जस्तै कि सेलेना गोमेज, माइली साइरस, एरियाना ग्रान्डी, रिटा ओरा, केन्डल जेनर आदि । यीमध्ये सेलेना र हेलीसँग उनी अलि लामो अवधि टिक्न सकेका थिए ।


यत्तिका पूर्वप्रेमीमध्ये उनले हेलीसँग नै किन सम्बन्ध जोडे भन्नेबारे पनि चर्चा हुँदैन । दुवैको रुचि समान भएकाले एकअर्का उचित लागेको हुन सक्ने बताइएको छ । उनीहरू पार्टी लभर्स हुन् र चर्च गएर सेवा गर्न रुचाउँछन् । जस्टिन र हेलीको विवाहलाई कुरा छिनिएपछि दुवैका अभिभावकले ट्वीटर र इन्स्टाग्राममा खुसी व्यक्त गरेका छन् । तर, दुवै पक्षले यसबारे खुलस्त कुरा भने गरेका छैनन् ।

प्रकाशित : असार २७, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?