कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

‘शुभलभ’ मा हरिहर र कृष्टिन

काठमाडौँ — सानो उमेरमै ज्योतिष विद्यामा आफूलाई चिनाइसकेका हरिहर अधिकारी अब भने नायक बनेर चिनिने तयारीमा छन् । प्रदीपकुमार उदयको प्रस्तुतिमा बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘शुभलभ’ मा हरिहर कृष्टिन पौडेलसँगको केमेस्ट्रीमा पर्दामा देखिने भएका छन् ।

‘शुभलभ’ मा हरिहर र कृष्टिन

२०१७ की मिस टिन कृष्टिनको पनि यो डेब्यु फिल्म हुनेछ । शुक्रबार राजधानीमा फिल्मको घोषणा गरिएको हो । सन्तोषबाबु लोहनीको निर्देशन रहने उक्त फिल्मको कथा स्वयं हरिहरकै हो भने पटकथा अभिमन्यू निरबीले तयार पारेका हुन् ।

भदौ १५ देखि छायांकनमा जाने बताइएको ‘शुभलभ’ राजधानीसहित पोखरा, अन्नपूर्ण बेसक्याम्प, इलामलागतय क्षेत्रमा खिचिने र एक गीत दुबई र थाइल्यान्डमा पनि खिचिने बताइएको छ ।
रामेश्वर कार्कीको छायांकन रहने फिल्मको संगीत अर्जुन पोखरेलले गर्नेछन् भने अञ्जु पन्त र सुगम पोखरेलका दुई गीत हुने बताइएको छ ।

धर्मराज शर्मा सुवेदीको निर्माण रहेका फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रवीन्द्र झा, प्रदीप बाँस्तोला लगायतको पनि अभिनय रहनेछ । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र रोशन भट्टराईको द्वन्द्व निर्देशन रहनेछ ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?