‘शाकाहारी हुनु राम्रो’

कान्तिपुर संवाददाता

काठमाडौँ — शाकाहारी बन्ने बलिउड सेलिब्रिटीको पंक्तिमा अनुष्का शर्मा पनि पर्छिन् । उनले आफू शाकाहारी बन्नुको उद्देश्य नै जनावरप्रति हुने दानवीय व्यवहारलाई बदल्नु रहेको बताउँदै आएकी छन् ।

बलिउडकर्मीहरू लारा दत्त, सोनु सुद, शाहिद कपुर, ईशा गुप्ता, माधवन लगायतले लिएकै बाटो समाएकी अनुष्काले मांसाहार त्याग्ने निश्चय आफ्नो अहिलेसम्मकै उत्कृष्ट निर्णय भएको बताएकी छन् ।


‘मैले अहिलेसम्म लिएका निर्णयमा यो सबैभन्दा उत्कृष्ट हो,’ अनुष्काले शाकाहार रोजाइप्रति गर्व गर्दै ट्वीटेकी छन्, ‘मैले आफूवरपरको संसारको संरक्षण गर्न सकेँ भने नै म अघि बढ्न सक्छु र मेरो अस्तित्व रहन्छ । र, मैले थोरै नै भए पनि यो कदममार्फत् केही परिवर्तन गर्न खोजेकी छु ।’ कुनै जनावरको पीडा नमिसिएको खानपानले आफूलाई ऊर्जावान् र स्वस्थ अनुभव गराउने गरेको
उनले बताएकी छन् ।

Yamaha


अनुष्का साढे तीन वर्षअघि शाकाहारी भएकी हुन् ।

प्रकाशित : श्रावण ९, २०७५ १०:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नौ प्रतिभालाई नवरत्न

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नवरत्न पुरस्कार घोषणा गरेको छ । अभिनेत्री मनीषा कोइराला, गायिका हरिदेवी कोइराला, स्रष्टाहरू उन्नति बोहोरा शिला, पुनम काफ्ले र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षत्री र कला खरेल तथा रंगकर्मी सम्पदा मल्ललाई पुरस्कृत गरिने अनेसासले जनाएको छ ।

नवरत्न पुरस्कार नेपाली भाषा, साहित्य, संगीत, समाजसेवा, कला र व्यवसायमा संलग्न नौ महिला प्रतिभालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ । पुरस्कारमा २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।


त्यस्तै, जापान बसेर लामो समयदेखि सितारवादनमा क्रियाशील सुषमा ओमातालाई अनेसास नवरत्न विशिष्ट साधक सम्मान र बाल साहित्यमा समर्पित विमला निरौलालाई अनेसास बाल साहित्य सम्मान दिइनेछ ।

प्रकाशित : श्रावण ९, २०७५ १०:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT