२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

‘गोपी’ मा थपिइन् वर्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — छायांकनको मेसोमा रहेको ‘गोपी’ मा अभिनेत्री वर्षा शिवाकोटी पनि थपिएकी छन् । यसअघि अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तको निधो भइसकेको फिल्मको हालै पटकथा सकिएको र त्यही अनुरूप कलाकार खोज्दा वर्षा छनोटमा परेको निर्देशक दीपेन्द्र लामाले जनाए ।

‘गोपी’ मा थपिइन् वर्षा

त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्ममा सुरक्षा र वर्षाले खगेन्द्रसँग रोमान्स गर्नेछन् ।

खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ मा र सुरक्षासँग ‘धनपति’ मा काम गरिसकेका छन् ।

वर्षा र सुरक्षाले भने हालै रिलिज ‘भैरे’ मा सँगै काम गरेका थिए । अभिनेता खगेन्द्रले यसलाई रमाइलो संयोग मानेका छन् ।


‘फरक फरक फिल्ममा सँगै काम गरे पनि यसरी एउटै प्रोजेक्टमा संयोग जुरेको थिएन,’ खगेन्द्रले भने, ‘उत्साहित छु ।’


आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’ को छायांकन भदौ १ मा सुरु हुने निर्देशक लामाले बताए । उनकै कथामा सामीप्य तिमल्सिनाले पटकथा
लेखेका हुन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?