कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारसको स्वरमा राष्ट्रकविको गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — पारस नेपालले गाएको ‘कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो...’ गीतको म्युजिक भिडियो युटयुबमा सार्वजनिक भएको छ ।

पारसको स्वरमा राष्ट्रकविको गीत

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको र जुगल डंगोलले संगीतबद्ध गरेको उक्त गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।


पारसले गाएका पाँच गीत समेटिएको ‘धरोहर’ राजधानीमा यसै साता विमोचन भएको थियो । उक्त एल्बममा ‘गर्मी भयो रे भन्छन्,’ ‘दायाँबायाँ बेथिति छ,’ ‘सबै भन्छन् तिमीलाई’ र ‘तिमीले टेक्ने माटो उही’ लगायत गरी राष्ट्रिय भावनाका पाँच गीत छन् । क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका यी गीत पनि जुगलले नै एरेन्ज र संगीतबद्ध गरेका हुन् ।


कान्तिपुर दैनिकमा कार्यरत पारस यसअघि पनि राष्ट्रिय भावकै गीतसहित श्रोतामाझ आएका थिए । ‘नालापानी कालापानी’ बोलको उक्त सिंगल ट्रयाकमा पारसकै शब्द र जुगलकै संगीत सुन्न सकिन्छ ।

प्रकाशित : श्रावण २१, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?