कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोहनलाई झरनाको साथ 

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक मोहन राईले दोस्रो गीति एल्बम ‘मायाको खेल’मा रहेको ‘सम्झनाको शीत...’ लाई म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् । 

मोहनलाई झरनाको साथ 

मनु लोहोरुङ राईको शब्द र शिखर सन्तोषको संगीत रहेको गीतको भिडियो नेपाल म्युजिक क्रिएसनले युट्युबमार्फत सार्वजनिक गरेको हो । वीरेन्द्र भाटको निर्देशन रहेको म्युजिक भिडियोमा अभिनेत्री झरना थापा र शशी शर्माले अभिनय गरेका छन् ।


प्रेम र धाकाधडीमा आधारित गीत नयाँ पुस्तामा समर्पित रहेको गायक राईले बताए । उनको ‘मायाको खेल’ एल्बममा भने आठवटा गीत छन् । व्याकुल माइला, प्रदीप ज्ञवाली, दीपेन्द्रनाथ शर्मा, दिनेश थपलिया, राजा घले र मुकेश राईले लेखेका गीतमा कन्काइस्ट राई, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले संगीत दिएका छन् ।


गायिका अञ्जु पन्तले एउटा गीतमा साथ दिएको उनले सुनाए ।


प्रकाशित : श्रावण २७, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?