कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तराईबाट तामाङ फिल्म

काठमाडौँ — पछिल्लो समय तामाङ भाषाको फिल्म निर्माण र प्रदर्शनको क्रम बढदो छ । केही अघि मात्रै भक्तपुरको बाराही हलमा अजय स्याङतानको ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) देखाइएको थियो ।

तराईबाट तामाङ फिल्म

त्यसको केही साताअघि जनक गुरुङको ‘घ्रान’ (कसम) । यति बेला भने अजय हुत्त लामाको ‘सेमरिन मुला माया’ (मनकै छ माया) ले तराईबाट प्रदर्शन यात्रा सुरु गरेको छ ।

सर्लाहीको हरिऔन सिनेमाघरमा ‘सेमरिन मुला माया’ लाग्यो । यसअघि ‘क्राबा ङाला सेम’ (रोएको मेरो मन) बनाएका अजयको ‘सेमरिन मुला माया’ आउँदो शनिबार काठमाडौंको सिद्धार्थ हलमा लाग्दै छ । तामाङ बहुल प्रदेश नं ३ का जिल्लाहरूमा पनि उनी फिल्मसहित पुग्दै छन् ।

‘यी सबै विशेष सो हुन्,’ उनले भने, ‘अल नेपाल रिलिज पुस १३ देखि हुँदै छ ।’ उनका अनुसार मूलधारका वितरकहरूमार्फत अल नेपाल रिलिज हुन लागेको यही पहिलो तामाङ मातृभाषी फिल्म हो । ‘राम्रो फिल्म बन्यो भने दर्शक र बजार दुवै छ,’ उनले भने, ‘मातृभाषी फिल्मकर्मीका लागि यो सुखद अवसर हो ।’

फिल्ममा भने उनले झुक्किएर हुने स्वाँगेभाइ (सहगोत्री) विवाहको मुद्दा उठाएका छन् । ‘तामाङ समुदायमा सयभन्दा बढी थर छन्,’ काभ्रेको नमोबुद्धका सञ्जयले भने, ‘थर प्रणाली थाहा नहुने नयाँ पुस्ताका लागि यो फिल्म विशेष पाठ हुन सक्छ ।’ आफूले सकभर तामाङ सांस्कृतिक परिवेशलाई फिल्ममा समेटेको पनि उनले दाबी गरे ।

अभिनेता सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको फिल्ममा उनी आफैं पनि खेलेका छन् । खुसी घिसिङ, संगीता दोङ, भीम तामाङ, राजु झक्कास वाइबा, कमल लोप्चन, कमल योञ्जन, निमा दोङ, रुचिका गोले र निक्की दोङको लगायतको अभिनय छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?