कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघमा आउँदै ‘सयकडा दस’

काठमाडौँ — भ्रष्टाचारविरुद्धको ‘सयकडा दस’ माघ १८ देखि प्रदर्शनीमा आउने भएको छ । रामशरण पाठक निर्देशित फिल्म हास्यकलाकार मनोज गजुरेलको डेब्यु हो ।

माघमा आउँदै ‘सयकडा दस’

गजुरेलले सामाजिक र सांस्कृतिक सन्देश दिने मात्र नभई फिल्मको कथावस्तु पनि मनपर्दो भएकाले ‘सयकडा दस’ खेल्न राजी भएको बताए ।

स्टेज पर्फमेन्स र अन्य अभिनयले फिल्म खेल्न सहज भएको उल्लेख गर्दै उनले थपे, ‘फिल्ममा प्रेम मात्र नभई भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभावसमेत उल्लेख गरिएको छ ।’ उनले यसअघि पनि आफूलाई फिल्म खेल्न प्रस्ताव आउने गरे पनि सबै सूत्रबद्ध मात्रै भएकोले खेल्न जाँगर नचलेको भन्दै यो फिल्म भिन्न शैलीको भएकाले खेलेको बताए ।

रिलिज मिति घोषणा कार्यक्रममा फिल्मका अर्का अभिनेता राजाराम पौडेलले ‘सयकडा दस’ आफ्नो फिल्मी करिअरकै सर्वोत्कृष्ट भनी टिप्पणी गरे । ‘मैले आजसम्म जति पनि फिल्म खेलें, तीमध्ये यो फिल्म सर्वोत्कृष्ट हो ।’

प्रकाशित : भाद्र २६, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?