कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुमनका गीत

काठमाडौँ — ‘अच्छा लेकिन क्या बात’, ‘सिरीमा सिरी’, मेरो धडकन तिमी’, ‘कहिले ओराली झर्छ जिन्दगी’ जस्ता गीतहरूमार्फत श्रोतामनमा बसेका गीतकार सुमन श्रापित गीत संग्रहसहित आएका छन् ।

सुमनका गीत

‘भावनाको खेती’ हालै सार्वजनिक भएको हो । १ सय २८ गीत समेटिएको उक्त संग्रह हिउँखोली प्रकाशन गृहले छापेको हो । उक्त संग्रहलाई छापिनुअघि नै गीतकार संघले ५० हजार रुपैयाँसहित ‘वर्ष गीत पुरस्कार’ प्रदान गरेको थियो ।


‘रेडियोले मलाई गीतकार बनायो,’ बागलुङको तित्याङमा जन्मेर पोखरामा कर्म गर्दै आएका सुमनले भने, ‘रेडियोमा बज्ने गीत सुनेर नक्कल गर्दागर्दै गीतसंगीतमा डुबें ।’


सानैदेखि साहित्य र संगीतमा लागे पनि पोखरा पुगेपछि यसले सही गति लिएको बताए । ‘सुधा’, ‘संकल्प’, ‘शुभयात्रा’, ‘धुमधाम तीज’, ‘पूर्णिमाको रात’ लगायतका एकल एल्बम निकालिसकेका उनका डेढ सयजति गीत रेकर्ड भइसकेका छन् । दुई दर्जन गीतमा उनकै स्वर र संगीत पनि सुन्न सकिन्छ ।


२०५६ मा संयुक्त कविता संग्रह ‘विछोडको वेदना’ निकालेका उनले पोखराको गीति इतिहासलाई लिपिबद्ध गर्ने काम गरे, ‘पोखरामा फुलेका सुनाखरीहरू’ शीर्षकमा । त्यसमा पोखराका २०० भन्दा बढी गीतकारका गीत समेटिएका छन् । उनी ‘म्युजिक मुभी’ पत्रिका पनि निकाल्ने गर्छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?