कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिलीप र डाक्टरको ‘तस्बिर’

काठमाडौँ — गीतकार दिलीप राई ‘सागर’ र संगीतकार डाक्टर किरात एल्बमसहित आएका छन् । ‘तस्बिर’ राजधानीमा शनिबार कवि/गीतकार भूपाल राई, वरिष्ठ गायक शम्भु राई, गायिका विमला राई तथा सांसदरू सुदन किराती र हेमकुमार राईले सार्वजनिक गरे ।

दिलीप र डाक्टरको ‘तस्बिर’

नयाँ मार्गी संगीत एकेडेमी एन्ड प्रोडक्सनको यो तेस्रो प्रस्तुतिमा ६ गीत छन् । तिनमा मेलिना राई, कन्काइष्ट राई, देवेश राई, आभा मुकारुङ, दिपक राई वान्तवा, दीपा लामा र मीना राईको स्वर सुन्न सकिन्छ ।

भूपालले डाक्टर किरात संगीतकार, गुरु र गायक मात्रै नभई अभियन्ता पनि रहेको टिप्पणी गर्दै थपे, ‘डाक्टर किरातले आफ्नो संगीतमा संस्कृति र विचारहरू पनि पोख्छ । त्यस कारण ऊ अभियन्ता हो ।’ शम्भुले अहिलेको गीत–संगीत धेरै फरक हुँदै गइरहेको बताउँदै अहिले श्रोताभन्दा पनि भ्युअर्स हुने गरेको भने, ‘तर, भ्युअर्स तथा श्रोताबीच ठूलो अन्तर हुन्छ ।

पहिलेपहिले हाम्रा गीतका श्रोता हुन्थे । लोक शैलीलाई ताजा बनाउँदै हामीले आफ्नोपनमा जोड दिनु जरुरी छ ।’विमलाले आफू डाक्टर किरातको संगीतमा मोहित हुने गरेको सुनाइन् । सांसदद्वय सुदन किराती र हेमकुमार राईले गीतकार र संगीतकारलाई शुभकामना दिएका थिए ।

प्रकाशित : आश्विन १, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?