१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

सिक्वेलमा ‘जात्रैजात्रा’

कान्तिपुर संवाददाता

काठमाडौँ — पैसाको कथामा बनेको फिल्म ‘जात्रा’ ले दर्शक र समीक्षक दुवैबाट राम्रो साथ पाएको थियो  । अब भने सोही फिल्मको सिक्वेल ‘जात्रैजात्रा’ बन्ने भएको छ  ।

सिक्वेलमा ‘जात्रैजात्रा’

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईका अनुसार यो फिल्मले पैसाको मात्र कथा भन्दैन । ‘यसपटक दर्शकले फिल्ममा झनै विशेष सरप्राइज पाउनुहुनेछ,’ उनले भने, ‘‘जात्रा’ सकिएको ठाउँबाट नै ‘जात्रै जात्रा’ को कथा उठ्नेछ ।’ कलाकार एवं फिल्मका निर्माता रवीन्द्र सिंह बानियाँले ‘जात्रा’ को भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेको बताए ।


फिल्ममा विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कवीन्द्र त्रिपाठीलगायतको अभिनय रहने छ । सिक्वेलमा समेत जोडिन पाएकोमा अभिनेता विपिन कार्कीले खुसी व्यक्त गरे ।

नायिका वर्षा राउतका अनुसार ‘जात्रैजात्रा’ मा पनि वर्षा विपिनकी पत्नीकै भूमिकामा देखिनेछिन् । ‘जात्रा मेरा लागि करिअरको टर्निङ प्वाइन्ट बनेको थियो,’ उनले आशा व्यक्त गर्दै भनिन्, ‘यसले पनि मेरो करिअरलाई नया मोड दिनेछ भन्ने आशा छ ।’

दसैं पूर्णिमाको भोलिपल्टदेखि असन र बौद्धमा छायाँकन थाल्ने तयारी गरेको फिल्मले ३५ दिनमा सुटिङ सकाएर यसै वर्षको फागुन १७ गते रिलिज गर्ने बताएको छ ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?