कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नाचे नेपाल र बस्नेत

कान्तिपुर संवाददाता

भक्तपुर — 'कुटुमा कुटु...।' कति मीठो शब्दका गीत आजकाल । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भाषणका क्रममा राजनराज शिवाकोटीका गीतको यसरी प्रशंसा गर्दै थिए । उद्‌घोषिका एवं पूर्व मिस नेपाल सुगारिका केसीले लगत्तै शिवाकोटीलाई मञ्चमा उभ्याइन् ।

नाचे नेपाल र बस्नेत

शिवाकोटी गाउन थाले आफ्नो चर्चामा आएको पहिलो गीत, सुर्के थैली खै ! त्यसैमा नाचे नेपाल र युवा नेता महेश बस्नेत ।


सूर्यनगर टोल, सृजनानगरमा बुधबार बिहान रमाइलो सांगीतिक वातावरणमा शुभकामना आदानप्रदान भयो । दसैं, तिहार र छठ पर्वको सन्दर्भमा टोलले गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपाल प्रमुख वक्ता थिए । नेता नेपाल, बस्नेतसँगै सहभागी शिक्षक, कर्मचारी, विद्यार्थी, सञ्चारकर्मीसहित उक्त गीतमा नाचेका थिए ।

नेता नेपालले राजनीतिक भाषण कमै गरी विकास निर्माणको कुरा गरेका थिए । भाषा, साहित्य, कला, संस्कृतिले नै नेपाल र नेपालीलाई चिनाउने भन्दै नेपालले भने, 'नयाँ संविधान आएपछि अब उज्यालो युग सुरु भएको छ । हामीले जसरी नि विकासमा फड्को मार्नु छ ।'


विशिष्ट अतिथिका रुपमा बोल्दै पूर्वमन्त्री एवं भक्तपुरका सांसद महेश बस्नेतले भक्तपुरमा सबैतिरका जनता मिलिजुली बस्न सक्ने भन्दै सबैलाई स्वागत गर्ने बताए । भक्तपुरमा ४ वटा स्मार्ट सिटी बनिरहेका, सूर्यविनायकमा अन्तर्राष्ट्रिय रंगशाला बन्न लागेको जानकारी दिएका थिए । रंगशाला बन्न, ३ नम्बर प्रदेशको राजधानी हुन नदिन लाग्ने राजनीतिक दलको बस्नेतले विरोधसमेत गरे ।


सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, उपमेयर जुना बस्नेत, प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाई र आयोजक संस्थाका अध्यक्ष बालकृष्ण न्यौपाने सहितले शुभकामना राखेका थिए ।


त्यसक्रममा प्रमुख अतिथि नेपालले कलाकार राजनराज शिवाकोटी र डिआइजी शैलेश थापा क्षेत्रीलाई सम्मान समेत गरे ।

प्रकाशित : कार्तिक २१, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?