कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायण गोपालको स्मृति दिवस मनाइयो

रासस

काठमाडौँ — स्वरसम्राट नारायणगोपालको सम्झनामा बुधबार यहाँ २८औँ स्मृति दिवस मनाइएको छ । नारायण गोपाल सङ्गीत कोषको आयोजनामा उक्त दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उनले यस धर्तीबाट बिदा लिएर गएका थिए । 

नारायण गोपालको स्मृति दिवस मनाइयो

स्वरसम्राट नारायण गोपालको घरको प्राङ्गणमा भएको सभामा पुराना गायकलगायत नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति रहेको थियो । रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै सङ्घर्षशील रहेको चर्चा गरे । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक रहेको औँल्याए ।


उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा दीर्घसिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर रु २५ हजारसहित सम्मानसमेत गरेको थियो ।


सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, सङ्गीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो ।

प्रकाशित : मंसिर १९, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?