कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिफेन्समा बलियो कोस्टारिका

समूह “ई” सर्बिया–कोस्टारिका
एएफपी

समारा — सर्बियाले सबैभन्दा कठिनमध्ये रक्षात्मक टोली कोस्टारिकासँग खेल्ने छ । तर प्रशिक्षक म्लाडेन क्रस्टाजिजले मध्यपंक्तिका नयाँ सनसनी सर्जे मिलिनकोभिज–साभिजबाट कोस्टारिकालाई जम्न नदिने दाउ लिएका छन् ।

डिफेन्समा बलियो कोस्टारिका

मिलिनकोभिज–साभिज युरोपमा देखिएका अहिलेका एक उच्च प्रतिभा हुन् र रुसमा प्रदर्शन देखाउन सकेमात्र उनको छवि माथि आउने छ ।

लाजियोलाई युरोपा लिगमा छनोट गराएपछि यी खेलाडीको नाम युरोपका उत्कृष्ट क्लबहरू म्यानचेस्टर युनाइटेड, युभेन्ट्ससँग जोडिएको छ । सर्बियाबाट ४ खेलमात्र खेले पनि उनले समारामा हुने समूह ‘ई’ को खेलमा अनुभवी जोडी नेमान्जा माटिच र लुका मिलिभाजेभिजसँगै मध्यपंक्ति सम्हाल्ने निश्चितजस्तै छ ।

कोस्टारिका विपक्षीका लागि टाउको दुखाइ बन्दै आएको छ । टोलीले विश्वकप छनोटको १० खेलमा ८ गोलमात्र खर्चेको थियो । यही दरिलो रक्षापंक्तिका कारण टोली २०१४ को पछिल्लो विश्वकप क्वाटरफाइनल पुगेको थियो । प्रशिक्षक ओस्कार रामिरेजले रुसमा आफ्नो टोलीलाई त्यही फर्ममा उतार्ने प्रयास गर्नेछन् ।

मिलिनकोभिज–साभिजले गत सिजन लाजियोबाट सिरी ‘ए’ बाट १२ गोल गरेका थिए । उनी स्ट्राइकर एलेक्जान्डर मिट्रोभिजको पछाडि रहेर पनि खेल्ने सम्भावना छ । तर प्रशिक्षक क्रस्टाजिजले यी दुई जोडीमाथि दबाब थुपार्न चाहेनन् । ‘उनीहरू युवा छन् र उद्देश्य बोकेका खेलाडी हुन् । उनीहरू आफैंलाई प्रमाणित गर्न लागिरहेका छन्,’ उनले भने, ‘म उनीहरूमाथि अनावश्यक दबाब थोपर्न चाहन्न । जबकि अरुले त्यही चाहिरहेका छन् । के गर्नुपर्ने हो उनीहरूलाई थाहा छ र त्यसैमा केन्द्रित हुनेछन् ।’

प्रकाशित : असार ३, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?