कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डो १ मेसी ०

एएफपी

मस्को — क्रिस्टियानो रोनाल्डोले विश्वकपमा लियोनल मेसीविरुद्धको व्यक्तिगत लडाइँमा पहिलो चरण जितेका छन् । त्यो पनि निकै प्रभावशाली ढंगले । जहाँ पोर्चुगाली रोनाल्डोले स्पेनविरुद्ध नाटकीय ह्याट्रिक गरे, त्यहीं अर्जेन्टिनी मेसी आइसल्यान्डविरुद्ध पेनाल्टीमा चुके । रोनाल्डोको खेलपछि मेसीलाई राम्रोसँग थाहा थियो, अब उनले पनि त्यति बराबरको प्रदर्शन गर्नुपर्छ भनेर ।

रोनाल्डो १ मेसी ०

तर उनले स्वर्णिम अवसर गुमाए, ठीक कारणका लागि समाचारको शीर्षक बन्ने । उनले पेनाल्टीलाई गोलमा परिणत नै गर्न सकेनन् । मस्कोमा भएको खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा यी बार्सिलोनाका खेलाडीले फ्रि–किक पनि पाए । यस्तै स्थितिमा रोनाल्डोले स्पेनविरुद्ध फ्रि–किक पाएका थिए । रोनाल्डोले त्यसमा गोल गर्दै आफ्नो ५१ औं ह्याट्रिक पूरा गरे ।

यस्तोमा खेल ३–३ को बराबरीमा छुट्यो । यसको ठीकविपरीत जतिबेला खेल १–१ को बराबरीमा थियो, मेसीले प्रहार गरेको फ्रि–किक सिधै मानवीय पर्खालमा ठोक्कियो । लगत्तै खेल सकेको सिठी बज्यो र उनको अनुहारमा प्रस्ट निराशा देखियो । रोनाल्डोले शुक्रबारको खेलमा पेनाल्टीबाट पनि गोल गरेका थिए । उनी त लगातार चार विश्वकपमा दुर्लभ खेलाडीमा पनि परेका छन् ।

सायद जति बेला दुई खेलाडीमा को राम्रो भन्ने विवाद चल्छ, ३० वर्षीय मेसीलाई केही दूरीमा रोनाल्डोभन्दा अगाडि राख्नेछन् । दुवै खेलाडी एउटै लिगमा खेल्छन्, ला लिगा । मेसीले बार्सिलोना टिमको मुख्य खेलाडीका रूपमा आफ्नो जादुयी खेल पस्कँदै आएका छन् । यता रोनाल्डोले विन्गरका रूपमा केही वर्ष म्यानचेस्टर युनाइटेडमा बिताए ।

अहिले उनी रियलमा निकै सटीक ‘फिनिसर’ भएका छन् । तथ्यांकले के भन्छ भने मेसीले आइसल्यान्डविरुद्ध पोस्टमा ११ पल्ट प्रहार गरे । जब कि रोनाल्डोले स्पेनविरुद्ध चारपल्ट मात्र । यसले पनि देखाउँछ, मेसीको उपयोगिता । मेसीका समर्थक भन्छन्, रोनाल्डो त अब ३३ वर्षका भए, अब उनको खेल पहिले जस्तो रहेन, सेलाउन थालेको छ । तर यससँग प्रश्न जोडिएर पनि आउँछ, आउने बेलन डे’अर कसले जित्ने छ त ? कसले लगातार तेस्रोपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । अनि को डिफेन्डिङ युरोपेली च्याम्पियन टिमको खेलाडी हो ? यदि म्याडेरियाका यी खेलाडीले सन् २०१८ को बेलन डे’अर हात पार्छन् भने उनले जितेको संख्या ६ पुग्नेछ, मेसी ५ मै खुम्चिनेछन् ।

त्यो त अहिलेसम्म रुसमा जे जति भएको छ, त्यसकै आधारबाट निचोड निकाल्नु ठीक हुन्न । विश्वकप त भर्खर सुरु भएको छ । भलै विश्वकपमा डेब्यु गरिरहेको आइसल्यान्डको हातबाट बराबरीमा रोकिए पनि अर्जेन्टिना सजिलै नकआउट चरण पुग्न सक्छ र प्रतियोगिता पनि जित्न सक्छ । तर पोर्चुगलमा जहाँ रोनाल्डोलाई खुबै सम्मान गरिन्छ, मेसीलाई अर्जेन्टिनामा त्यति पनि गरिन्न ।

रमाइलो के हो भने मेसीको अर्जेन्टिनामै आलोचक धेरै छन् र उनीहरू भन्ने गर्छन्, यो खेलाडीले बार्सिलोनाका लागि जति राम्रो खेल्छन्, आफ्नै देशका लागि भने खेल्दैनन् । चिलीमा भएको कोपा अमेरिका जित्न नसकेपछि मेसीले सन् २०१६ मा एकपटक संन्यास पनि लिइसकेका छन् । पछि त्यसलाई फेरे पनि, केही साताकै अन्तरमा ।

यसपल्ट पनि विश्वकपमा अर्जेन्टिनी टिमले राम्रो गर्न सकेन भने साँच्चै पूरा सम्भावना छ, मेसीले फेरि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेछन्, यस्तो हुन बेर छैन । बार्सिलोना र इंग्ल्यान्डका पूर्वफरवार्ड ग्यारी लिनेकरले ठीकै टिट गरेका छन्, ‘मेसी पेनाल्टीमा चुक्दा सायद कतै, कुनै बेला रोनाल्डोले पक्कै खुसीको महसुस गरेको हुनुपर्छ ।’

प्रकाशित : असार ४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?