कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँडै विश्वकप छाडेका ५ खेलाडी

काठमाडौँ — विभिन्न कारणले चाँडै विश्वकप छाडेका पाँच खेलाडीहरु :

चाँडै विश्वकप छाडेका ५ खेलाडी


विल्ली जोन्सटन, स्कटल्यान्ड
वेस्टब्रुमका उनलाई शक्तिवद्र्धक औषधी प्रयोग गरिएको प्रमाणित भएपछि स्कटिस फुटबल संघले सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपबाट फर्काएको थियो । उनी पेरुविरुद्ध ३–१ ले पराजित भएको खेलअघि ज्वरोको औषधी सेवन गर्दा फिफाको शक्तिवद्र्धक औषधी प्रयोगको परीक्षणमा असफल भएका थिए । उनलाई अन्तिम समयमा आर्की जेमिलको स्थानमा मूत्र परीक्षणका लागि ल्याइएको थियो तर उनी तुरुन्तै घर फर्कनुपर्‍यो ।

रोय किन, आयरल्यान्ड
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर किन प्रतियोगिताको तयारीमा ट्रेनिङ क्याम्पबाटै फर्किएका थिए र यसलाई विश्वकप २००२ को अविस्मरणीय घटना मानिन्छ । उनी आयरल्यान्डको तयारीलाई लिएर असन्तुष्ट थिए । त्यसैलाई लिएर उनको प्रशिक्षक मिक म्याककार्थीसँग टिमकै अगाडि साइपनको प्यासिफिक आइल्यान्डमा भनाभन भएको थियो । उनी क्यामरुनविरुद्ध पहिलो खेलको तयारी छाडेर आफ्नो कुकुरलाई चेसरमा डुलाउनै व्यस्त थिए ।

डिएगो म्याराडोना, अर्जेन्टिना
अर्जेन्टिनी स्टार म्याराडोना अमेरिकामा १९९४ मा भएको विश्वकपमा शक्तिबद्र्धक औषधी प्रयोग गरेको परीक्षणमा असफल भएपछि समूहमा बेल्जियमविरुद्ध अन्तिम खेलअघिअघि नै घर फर्किनुपरेको थियो । यसअघि उनको नेतृत्वमा अर्जेन्टिनाले १९८६ को उपाधि जितेको थियो भने १९९० को फाइनलमा पश्चिम जर्मनीविरुद्ध पनि खेलेको थियो । परीक्षणमा असफल हुनुअघि उनले ग्रिसविरुद्ध हात पारेको ४–० को जितमा गोल पनि गरेका थिए । त्यो नै उनको सफल र विवादास्पद करिअर अन्त्यको संकेत थियो ।

निकोलस एनेल्का, फ्रान्स
फ्रान्सेली फरवार्ड एनेल्कालाई प्रशिक्षक रेमन्ड डोमेनिकसँग राम्रो सम्बन्ध नभएपछि दक्षिण अफ्रिकामा भएको विश्वकपमा टिमबाटै हटाइएको थियो । चेल्सीका यी फरवार्डले विश्वकप २०१० मा मेक्सिकोविरुद्ध २–० ले पराजित भएको खेलको हाफ–टाइममा प्रशिक्षकलाई गाली गरेका थिए । उनलाई गरिएको व्यवहारप्रति खेलाडीले विरोध गरे पनि एनेल्काले क्षमा माग्न अस्वीकार गरिदिए । र, फ्रान्सेली फुटबल महासंघले घर फर्काउन निर्देशन दिँदै उनलाई १८ खेलमा प्रतिबन्ध पनि लगायो । तर उनले निलम्बनअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरे ।

ज्लात्को जाहोभिच, स्लोभेनिया
विश्वकप २००२ मा विश्वकपबाट चाँडै फर्किने रोय किन एक्ला खेलाडी होइनन् । स्लोभेनियन प्लेमेकर जाहोभिच पनि उनकै बाटोमा लागे । यी बेन्फिकाका मिडफिल्डरको
स्पेनसँग ३–१ ले हारेपछि प्रशिक्षक सेरेस्को काटानेचसँग झगडा परेको थियो । त्यसैले स्लोभेनियन फुटबल महासंघले उनलाई तुरुन्तै घर फर्काउने निर्णय गरेको थियो । त्यस बेला महासंघका अध्यक्ष रहेका रुडी जाभरलले भनेका थिए, ‘आफ्नो व्यवहारलाई जाहोभिचले निरन्तरता दिए जसले टिमको वातावरणलाई बिगारेको छ ।’
–बीबीसी

प्रकाशित : असार ६, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?