कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्स र डेनमार्कको नजर दोस्रो चरण

समूह ‘सी’: फ्रान्सविरुद्ध पेरु, डेनमार्कविरुद्ध अस्ट्रेलिया
रोयटर्स

एकेटेरिनबर्ग — अस्ट्रेलियामाथि आफ्नो पहिलो खेलमा जित निकाल्न संघर्ष गरेको फ्रान्सले विश्वकप समूह ‘सी’ जित्न बिहीबार पेरुलाई हराउन प्रयास गर्नेछ । तर फ्रान्सेली टिमले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराउन भने प्राय: संघर्ष गर्ने गर्छ । दक्षिण अमेरिकी टिमविरुद्धका पछिल्ला १२ खेलमध्ये फ्रान्स ४ मा मात्र विजयी रहेको छ ।

फ्रान्स र डेनमार्कको नजर दोस्रो चरण

त्यसमा सन् १९९८ को विश्वकप फाइनलमा ब्राजिललाई हराउनु पनि पर्दछ । त्यस बाहेक फ्रान्सले ४ बराबरी खेलेको छ भने ४ मा हार बेहोरेको छ । फ्रान्सले अस्ट्ेरलियालाई २–१ ले हराएर समूहको शीर्ष स्थामा छ । सन् १९८२ यता पहिलो विश्वकप खेलिरहेको पेरु भने डेनमार्कको हातबाट १–० ले पराजित रहेको थियो । यो नतिजाले सबै कथा प्रस्ट भने पार्दैन ।

जहाँ फ्रान्स आफ्नो पहिलो खेलमा राम्रो प्रदर्शन संघर्षरत थियो भने पेरुले हारमा नि प्रभावशाली खेल प्रदर्शन गरेको थियो । ‘फ्रान्स हामीविरुद्ध खेल्न रूचाउँदैन, किनभने हाम्रो शैली, बलमाथि नियन्त्रण राख्ने हाम्रो कलाले फ्रान्सेली टिमलाई दु:ख दिने गर्छ,’ फुलब्याक म्यागुइल ट्रउकोले भनेका छन् ।

फ्रान्सेली सेन्टरब्याक पनि मान्छन्, ‘पेरु यस्तो प्रतिद्वन्द्वी हो, जसले विपक्षी टिमलाई कठिनाईमा राख्न केही पनि कसर छोडेन । त्यसैले हामीले सुदृढ र ठोस खेल प्रदर्शन गर्नुपर्नेछ ।’ त्यो उद्देश्य प्राप्तिका लागि प्रशिक्षक डिडियर डेसच्याम्पले ब्लेसे मुटुडीलाई मिडफिल्डरमा मुख्य जिम्मेवारी दिनसक्ने छन् । पहिलो खेलमा कोरेन्टिन टोलिसोको स्थानमा उनी वैकल्पिक खेलाडीका रूपमा मैदानमा उत्रेका थिए ।

उनको आगमनपछि फ्रान्सको खेलमाथि पकड बलियो देखिएको थियो । ‘ब्लेसे आएयता उनले देखाएकी उनी नेतृत्व गर्न सक्ने खेलाडी हुन्,’ मिडफिल्डर पाउल पोग्बाले प्रतिक्रिया दिएका छन्, ‘उनले त्यसरी खेल मिलाए, जसरी हामीले चाहिरहेका थियौं । उब उनलाई बेन्चमा राख्नु ठीक हुन्न ।’ उपाधिको प्रबल दावेदारमध्ये फ्रान्स मात्र पहिलो खेल जित्ने टिम रहेको छ ।

डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग पराजित रह्यो भने स्पेन, ब्राजिल र अर्जेन्टिनाले बराबरी खेले । यस्तोमा पेरुलाई हराउन सक्ने हो भने फ्रान्सले लिग चरणमा एक खेल बाँकी छँदै नकआउटको यात्रा तय गर्न सक्छ । अर्कोतर्फ पेरुले भने प्रतियोगितामा कायम रहने हो भने जोखिम उठाउनुपर्नेछ । दुई टिमबीच अहिलेसम्म एकै खेल भएकोमा पेरु सन् १९८२ को मैत्रीपूर्णमा १–० ले विजयी रहेको थियो ।

डेनमार्क–अस्ट्रेलिया
सामरा– डेनमार्कका क्रिस्टियन इरिक्सन के मान्छन् भने आफ्नो टोलीले विश्वकपको दोस्रो खेलमा बिहीबार अस्ट्ेरलियाको सामना गर्दा युरोपेली छनोटमा देखाएको आक्रामक प्रदर्शन दोहोर्‍याउनुपर्नेछ । पेरुलाई १–० ले हराएयता डेनमार्कले अस्ट्रेलियाको सामना गर्न लागेको हो । यसमा विजयी रहे डेनमार्कले नकआउट चरणको यात्रा तय गर्ने बलियो सम्भावना हुनेछ ।

पेरुविरुद्ध जित निकाल्न सफल रहे पनि पूरा खेल अवधिमा डेनमार्क संघर्षरत देखिएको थियो । टोटेनहमका मिडफिल्डर इरिक्सनले पेरुविरुद्ध युसुफ पोलेसनले पेरुविरुद्ध गरेको निर्णायक गोलमा पास उपलब्ध गराएका थिए । छनोटमा २० गोल गरेको डेनमार्कको त्यो छवि पेरुविरुद्ध भने नदेखिएको उनी पनि मान्छन् । ‘त्यो दिन हामी उत्कृष्ट रहन सकेनौं,’ उनको स्वीकारोक्ति छ ।

अभ्यासमै अस्ट्रेलियाका गोलरक्षक म्याथ्यु रायन (दायाँ) । तस्बिर : एपी–रोयटर्स

प्रतियोगितामा ‘अन्डरडग’ का रूपमा प्रवेश गरेको अस्ट्रेलिया फ्रान्सविरुद्ध यस्तै छविको टिम रह्यो । कम्तीमा कागजमा डेनमार्कविरुद्ध अस्ट्रेलिया कमजोर देखिन्छ, तर प्रशिक्षक बर्न भान मारविज्क के मान्छन् भने फ्रान्सविरुद्धको खेलबाट सकारात्मक पक्ष झिकेर खेल्ने हो भने सबै सम्भावना खुला छ ।

‘दोस्रो खेलसम्म आइपुग्दा हामी आत्मविश्वासी छौं,’ प्रशिक्षक मार्विज्कको दाबी छ, ‘डेनमार्कविरुद्ध अझ सुधारिएको खेल प्रदर्शन गर्न हामी तयार छौं ।’ विश्वकप इतिहासमा पाँचौंपल्ट खेलिरहेको अस्ट्रेलियाले अन्तिम १६ मा प्रवेशको सम्भावना जीवन्त राख्न डेनमार्कविरुद्ध सकारात्मक नतिजा भने निकाल्नु पर्नेछ ।

प्रकाशित : असार ७, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?