कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेक्सिकोको लय कायमै

रोयटर्स

रोस्टोभ — कार्लोस भेलाको पेनाल्टी र हाभिएर हर्नान्डेजको गोलसँगै मेक्सिकोले विश्वकपअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा शनिबार दक्षिण कोरियालाई २–१ ले पराजित गरेको छ । यो जितसँगै मेक्सिकोले दोस्रो चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

मेक्सिकोको लय कायमै

पहिलो खेलमा जर्मनीलाई १–० ले पराजित गरेको मेक्सिकोले कोरियाविरुद्ध २६ औं मिनेटमा अग्रता लिएको थियो । भेलाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । आन्द्रेस गुआर्डाडोको क्रस जाङ ह्युन–सुको हातमा लागेपछि रेफ्रीले मेक्सिकोलाई पेनाल्टी हान्ने दिएका थिए । हाभिएर हर्नान्डेजले दोस्रो हाफको ६६ औं मिनेटमा मेक्सिकोको अग्रता दोब्बर पारे । काउन्टर एट्याकमा उत्रिएको मेक्सिकोका लागि पेनाल्टी क्षेत्रभित्रबाट हर्भिङ लोजानोको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

कोरियाका सन ह्युङ मिनले दोस्रो हाफको इन्ज्युरी समयमा एक गोल फर्काए । पेनाल्टी क्षेत्रबाहिरबाट उनले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहार गोलरक्षक गिल्लेर्मो ओचोआले बचाउने कुनै मौका पाएनन् । यस पराजयसँगै कोरियाको दुई खेलमा कुनै अंक छैन । टोली पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ ।

प्रकाशित : असार १०, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?