कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३६ वर्षयताकै खराब

अफ्रिकी टिमको असफलता
एएफपी

निन्जी नोभ्गोरोड — सेनेगल ‘फेयर प्ले’ को नियममा बाहिरिएपछि विश्वकप इतिहासमै अफ्रिकी टिम सन् १९८२ यता पहिलोपल्ट दोस्रो चरणमा पुग्न असफल रह्यो । अफ्रिकी टिमले ३६ वर्षयताकै कमजोर खेल प्रदर्शन गर्दै स्तब्ध बनायो ।

३६ वर्षयताकै खराब

अफ्रिकी स्टारहरू मोहमद सलाह र साडियो मानेलाई २०१८ मा स्पेनी विश्वकप (१९८२) को कीर्तिमानसँग तुलना गर्दा यो प्रतियोगिता अफ्रिकाका लागि साह्रै खराब रह्यो । समूह चरणबाट छनोट हुन नसकेका ५ देश तुरुन्तै पुरानै अवस्थामा फर्किनुपर्छ ।

आइभोरी कोस्टबाट तीनपल्ट विश्वकप खेलेका डिडियर ड्रोग्बा रुसमा अफ्रिकी टिम धेरै पछाडि परेको बताए । ‘अफ्रिका कुनै दिन सफल हुनेछ तर यस्ता ठूला प्रतियोगितामा कसरी अगाडि बढ्नुपर्छ भनेर हामीले फेरि सोच्न आवश्यक छ,’ बीबीसीमा फुटबल पण्डितका रूपमा कार्यरत उनले भने ।

ड्रोग्बाले भविष्यका प्रतियोगितामा सहयोग गर्न राम्रो संरचना र योजनाका लागि युरोपेली टिमलाई पछयाउनपुपर्ने बताए । एक किसिमले यसपालिको विश्वकपलाई १९८२ को भन्दा पनि खराब मान्नुपर्छ । त्यसबेला क्यामरुनले च्याम्पियन भएको इटालीसँग बराबरी खेलेको थियो भने अल्जेरियालाई पश्चिम जर्मनी र अस्ट्रियाबीचको ‘गिजोनको घृणित खेल’ ले रोकिदिएको थियो ।

रुसमा तीन अफ्रिकी टिम इजिप्ट, मोरक्को र ट्युनिसिया समूहको तेस्रो चरणको खेलअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । अर्जेन्टिनाले अन्त्यतिर नाइजेरियाको दुखान्त अन्इ गरिदियो । सेनेगलको बहिर्गमन यस्तो रह्यो कि जो बर्षैंसम्म विश्वकपको हाजिरी जवाफको रुपमा रहनेछ ।इजिप्टको बाहिरिनु बढी नै क्रुर रह्यो । टयुनिसिया पनि त्यस्तै भयो । मोरक्कोले राम्रो खेल्यो तर गोल गर्न सकेन । नाइजेरिया र सेनेगल त्यस्तै गरी स्तब्ध हुनुपर्‍यो । पन्ध्र खेलमा अफ्रिकी टिमले तीन खेलमात्र जित्न सक्यो, जुन औपचारिकतामै सीमित रह्यो ।

कोलम्बियासँग १–० ले हारेपछि सामान्य देखिएका सेनेगलका प्रशिक्षक एलिउ सिसेले आफ्नो टिमप्रति आशा रहेको बताएका थिए । उनको टिमलाई कोलम्बियाविरुद्ध अन्तिम खेलमा उज्ज्वल भविष्य भएको अफ्रिकी भनिएको थियो । यो स्पष्ट छ कि विश्वस्तरमा अफ्रिकी फुटब उत्कृष्ट छ, अझै उभिरहेजस्तै जस्तो छ ।विश्वकपमा तीन अफ्रिकी टिममात्र क्वाटरफाइनल पुगेका छन् । रोजर मिल्लाप्रेरित क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० मा अन्तिम आठमा पुगेका थिए । घानालाई सेमिफाइनल पुग्नबाट पेनाल्टी र लुइस स्वारेजको ‘ह्यान्डबल’ ले रोकेको थियो ।

विश्वकपमा अफ्रिकी प्रतिनिधित्व बढिरहेको अवस्थामा यसपालिको असफलतालाई आश्चर्य मानिएको छ । उसका समर्थक विश्व फुटबलको माथिल्लो तहमा महादेशको कीर्तिमानका लागि धैर्य गरिरहेका थिए । र, यो प्रतियोगिता ठूलो अपेक्षासहित सुरु भएको थियो ।इजिप्टका सलाहबारे स्टारका रूपमा धेरै कुरा गरिएको थियो । उनलाई च्याम्पियन्स लिग फाइनलमा लागेको चोटको असर उसको देशको सम्भावनामा पर्‍यो । खराब समाचारसँगै अफ्रिकी टिमले साताअघि प्रशिक्षण थालेको थियो । विश्वकपमा अफ्रिकी टिमका लागि क्षितिजमा एकमात्र उज्यालोका रूपमा पाँच टिमबाट बढाएर २०२६ को प्रतियोगितामा ९ टिम बनाइँदै छ ।


सेनेगका मौसा कोनाटे


मोहमद सलाह

प्रकाशित : असार १७, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?