अाजका खेलाडी : पाउलिन्हो, ब्राजिल

कान्तिपुर संवाददाता

काठमाडौँ — मेक्सिकोको पूरा डिफेन्स नेयमर र फिलिपो कोउटिन्होजस्ता खेलाडी रोक्नमा व्यस्त हुनसक्छ, तर तिनीहरूले पाउलिन्होको खेललाई पनि आँखा चिम्लिन भने सक्ने छैनन् ।

बार्सिलोनाका यी मिडफिल्डर पनि उत्तिकै अब्बल दर्जाका हुन् । ब्राजिली प्रशिक्षक टिटेको रणनीतिमा उनी प्रमुख खेलाडी हुन् । त्यसैले उनी आएयता पाउलिन्होले ८ गोल गरिसकेका छन् । त्यसमा एक गोल सर्बियाविरुद्ध पनि थियो ।

Yamaha

प्रकाशित : असार १८, २०७५ ०८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रोचक तथ्य: विगत दोहोर्‍याउँदै उरुग्वे

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप २०१८ मा अहिलेसम्म लगातार राम्रो खेलिरहेको टिममा पर्छ उरुग्वे । दक्षिण अमेरिकी टिमले लिग चरणका सबै तीन खेल जितेको थियो । अन्तिम १६ मा पोर्चुगललाई हराएयता लगातार चौथो खेल पनि जितेको छ ।

संयोग कस्तो रह्यो भने सन् १९३० यता उरुग्वेले यसरी लगातार ४ खेल जितेको यो पहिलोपल्ट हो । त्यतिबेलाको विश्वकपमा उरुग्वेले कुल ४ खेलमात्र खेलेको थियो । चौथो जितका लागि फाइनलमा अर्जेन्टिनालाई ४–२ ले पराजित गरेर उपाधि आफ्नो नाममा लेखाएको थियो । दुईपल्टको उपाधि विजेता उरुग्वे यसपल्ट फेरि पुरानै लयमा फर्केको छ । यो प्रदर्शनको संयोगले टिम पक्कै खुसी होला ।

प्रकाशित : असार १८, २०७५ ०८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT