रोचक तथ्य: फ्रान्सको शक्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्रान्स तेस्रोपल्ट विश्वकपको फाइनल पुगेको हो । यसअघि टोलीले यस्तो सफलता सन् १९९८ र २००६ मा पाएको थियो । युरोपबाट फ्रान्सभन्दा बढी विश्वकप फाइनल पुग्नेमा जर्मनी र इटालीमात्र छन् ।

जर्मनी ८ र इटाली ६ पटक फाइनल पुगिसकेका छन् । १९९८ देखि भने फ्रान्स सबैभन्दा बढी विश्वकप फाइनलमा पुग्ने राष्ट्र हो ।

फ्रान्सले मंगलबार सेन्ट पिटर्सबर्गमा पाएको सफलता यस्तो थियो कि बेल्जियमको हकमा त्यो २०१६ को सेप्टेम्बरमा स्पेनसँग हारेपछिको पहिलो थियो । फ्रान्सले विश्वकपमा बेल्जियमलाई तीनपल्ट पराजित गरिसकेको छ । यस्तो नतिजा फ्रान्सले अरु राष्ट्रसँग निकाल्न सकेको छैन ।

Yamaha

Esewa Pasal

प्रकाशित : असार २८, २०७५ ०८:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अाजका खेलाडी : एनगोलो कान्टे, फ्रान्स

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्रान्सको मिडफिल्ड चलायमान बनाउन मुख्य भूमिका खेलिरहेका कान्टे शारीरिक रूपमा बलिया देखिँदैनन् । तर खेलका क्रममा उनीबाट बल खोस्न त परे जाओस् विपक्षीहरूले आफूसँग भएको बल बचाउन पनि निकै मिहिनेत गर्नुपर्छ ।

सानो कदका बाबजुत तीव्र गतिमा चलायमान हुने उनले मिडफिल्डमा हरेक समय सक्रिय हुन्छन् । अर्जेन्टिनाविरुद्ध राउन्ड अफ १६ मा म्यान अफ द म्याच भएका उनी लगातारको उच्च प्रदर्शन फाइनलमा पनि निरन्तरता दिने प्रयासमा हुनेछन् ।

प्रकाशित : असार २८, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्